मेसीविरूद्ध भोजिन्हा : विश्वकपको सबैभन्दा असमान भिडन्त

अर्जेन्टिना र केप भार्डे बिहान ०३:४५ मा अन्तिम ३२ मा अमेरिकाको मायामी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । यसलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो असमानताको खेलको रुपमा लिइएको छ ।

असार २०, २०८३

बीबीसी

Messi vs. Vojninha: The most unequal match of the World Cup

What you should know

मायामी — लियोनेल मेसीविरूद्ध भोजिन्हा । विश्वकपमा यो यस्तो प्रतिस्पर्धा हो, जसको बारेमा कसैले चाहेका थिएनन् । तर यही नै प्रशंसकका लागि अहिले ठूलो व्यग्रताको विषय भएको छ ।

अर्जेन्टिना र केप भार्डे नेपाली समय अनुसार शनिबार बिहान ०३:४५ मा अन्तिम ३२ मा अमेरिकाको मायामी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । 

विश्व फुटबलका महान् फुटबलर मानिएका मेसीले ४० वर्षीय गोलकिपर भोजिन्हाको सामना गर्दैछन् । जबकी तीन साता अगाडिसम्म भोजिन्हा बेखबर जस्तै थिए । 

अझ केप भार्डे पहिलो पटक विश्वकप खेलिरहेको छ । धेरैको अनुमानलाई गलत साबित गर्दै टोली नकआउट चरणमा प्रवेश गरिसकेको छ । यस विश्वकपको यो भन्दा राम्रो कथा अरु हुन सक्दैन ।

युरोपियन च्याम्पियन स्पेनविरुद्ध खेल्दा केप भार्डेका लागि शुभेच्छा राख्ने सायदै कोही थिए । त्यही स्पेनलाई गोलरहित बराबरीमा रोकेर केप भार्डेले विश्व फुटबललाई नै आश्चार्यमा पारेको थियो । विश्वकप इतिहासमै यसलाई आश्चार्य नतिजाहरूमा लिइन्छ, जुन खेल केप भार्डेले जितेको पनि होइन ।

त्यसपछि टोलीले दुई पटकको विश्वकप च्याम्पियन उरुग्वे र साउदी अरेबियामाथि अर्को दुई बराबरीको नतिजा निकाल्दै समूह उपविजेताको रूपमा अन्तिम ३२ मा प्रवेश गरेको थियो । 

केप भार्डेको आगामी भेट अर्जेन्टिनासँग निश्चित भएको थियो, यसलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो असमानताको खेलको रुपमा लिइएको छ । 

अर्जेन्टिनाले विश्व फुटबललाई धेरै कथाहरू दिएको छ र टोली वर्तमान विश्व च्याम्पियन पनि हो । उसको प्रतिद्वन्द्वी केप भार्डे भने सन् २०१३ मा पहिलो पटक अफ्रिका कप अफ नेसन्सका लागि छनोट भएको थियो । 

अर्जेन्टिनाले सन् १९३० मा पहिलो संस्करणको विश्वकपमा सहभागिता जनाउँदा पोर्चुगलको उपनिवेश रहेको थियो केप भार्डे । अर्जेन्टिना त्यो प्रतियोगितामा उरुग्वेसँग फाइनलमा पराजित भएर उपविजेता भएको थियो । 

अर्जेन्टिना केवल एक पटक सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा छनोट हुन असफल भएको थियो । दोस्रो विश्व युद्धको अगाडि र पछाडि गरेर अर्जेन्टिनाले सन् १९३८, सन् १९५०, सन् १९५४ को विश्वकपमा सहभागिता जनाउनबाट आफ्नो नाम फिर्ता लिएको थियो ।

अर्जेन्टिनाले सन् १९७८ मा आएर विश्वकपको पहिलो उपाधि जितेको थियो, फाइनलमा नेदरल्यान्ड्सलाई ३–१ ले पराजित गरेर । सन् १९८६ मा पश्चिम जर्मनीलाई ३–२ ले पराजित गरेर अर्जेन्टिनाले दोस्रो पटक विश्वकप उपाधि उचालेको थियो । चार वर्ष अगाडि कतारमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी अर्जेन्टिना तेस्रो पटक विश्वकप च्याम्पियन बनेको थियो । 

अर्जेन्टिनाले महादेशीय प्रतियोगितामा पनि ठूलो सफलता हात पारेको छ । टोलीले कोपा अमेरिका पछिल्लो दुई संस्करणसहित १६ पटक जितेको छ । सन् २०२२ को मार्चयता अर्जेन्टिना फिफा वरीयतामा शीर्ष ३ स्थान बाहिर रहेको छैन । गत वर्ष मात्र हो टोलीलाई उछिन्दै फ्रान्स नम्बर एक वरीयतामा पुगेको ।

केप भार्डे फुटबल संघ सन् १९८२ मा दर्ता भएको हो र यसले सन् १९८६ मा फिफाको सदस्यता पाएको थियो । अर्जेन्टिना त्यही वर्ष दोस्रो पटक विश्वकप विजेता बनेको थियो । ‘ब्लु सार्क’ को नामले चिनिने केप भार्डेले सन् २००२ मा पहिलो पटक विश्वकप छनोट खेलेको थियो र सन् २०२२ अघि टोलीले छनोट हुने वास्तविक मौका बनाएको थिएन । 

चार वर्षअघि टोली नाइजेरियासँग केवल एक खेलमा पराजित भएको थियो भने लागोसमा भएको खेल जिते कतार विश्वकपलाई छनोट हुने खेलमा टोली १–१ को बराबरीमा रोकिएको थियो । सन् २०२६ को छनोटमा भने ८ पटक विश्वकपमा छनोट भइसकेको क्यामरुनलाई बराबरीमा रोकेको थियो । केप भार्डेले यो यात्राका १० खेलमा १ मा मात्र पराजय भोगेको थियो । 

टोलीले पहिलो पटक अफ्रिकन कप अफ नेसन्स खेलेको थियो, त्यो पनि १३ वर्ष अगाडि मात्र । क्वाटरफाइनल पुगेको टोली घानासँग पराजित भएको थियो । अहिले केप भार्डेले ४ पटक विश्वकप खेलिसकेका छ र सन् २०२३ मा पुनः क्वाटरफाइनल पुगेको थियो । विश्वकपमा पुगे पनि टोली सन् २०२५ मा अफ्रिकन कप अफ नेसन्समा छनोट हुनै असफल भयो । 

केप भार्डे फिफा वरीयताको शीर्ष १ सयभित्र सन् २००६ मा परेको हो, पहिलो अफ्रिकन अफ नेसन्स खेलेपछि टोली वरीयतामा ३६ औं स्थानमा पुगेको थियो । सन् २०१४ मा टोली वरीयतामा सबैभन्दा माथि २७ औं स्थानमा पुगेको थियो । 

पछिल्ला ९ वर्षमा केप भार्डे वरीयताको ६० देखि ८० औं स्थानमा रहेको थियो र अर्जेन्टिनासँग खेल्नुअघि टोली ६४ औं स्थानमा रहेको छ । 

केप भार्डे मध्य एटलान्टिक महासागरमा अवस्थित एक टापु देश हो, जुन १० वटा टापु मिलेर बनेको छ । त्यसमध्ये ९ टापुमा मान्छेहरू बस्ने गर्दछन् । पोर्चुगिजहरू आउनु अगाडि १५ औं शताब्दीसम्म केप भार्डे बसोबास बिहीन थियो । सन् १९७५ मा मात्र यो पोर्चुगलको उपनिवेशबाट स्वतन्त्र भएको थियो । 

केप भार्डेका टापुहरू ४ हजार ३३ वर्ग किलोमिटरमा फैलिएका छन् । संयुक्त राष्ट्रका अनुसार यसको जनसंख्या कुल ५ लाख ३० लाख भएको उल्लेख गरेको छ । यस हिसाबमा विश्वकप खेल्ने कुरासाओ र आइसल्यान्डपछि केप भार्डे तेस्रो सानो राष्ट्र हो । नकआउट चरणमा पुग्नेमा चाहिँ सबैभन्दा सानो राष्ट्र केप भार्डे नै हो ।

यो हिसाबमा पनि केप भार्डेको अर्जेन्टिनासँग तुलना हुन सक्दैन । संयुक्त राष्ट्रको तथ्यांक अनुसार अर्जेन्टिनाको जनसंख्या ४ करोड ६० लाख र यसको क्षेत्रफल २२ लाख ८० हजार वर्ग किलोमिटर रहेको छ । अर्जेन्टिना विश्वको आठौं ठूलो र दक्षिण अमेरिकामा ब्राजिल पछिको दोस्रो ठूलो राष्ट्र हो ।

विश्वकप २०२६

बीबीसी

Link copied successfully