इक्वेडरमाथि सानदार जितसँगै मेक्सिको अन्तिम १६ मा

दोस्रो हाफको इन्ज्युरी समयमा इक्वेडर दस खेलाडीमा सीमित भएको थियो ।

असार १७, २०८३

हिमेश

Mexico advances to last 16 with emphatic win over Ecuador

काठमाडौँ — सह–आयोजक मेक्सिकोले विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्नै बुधबार अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको दोस्रो चरणको खेलमा मेक्सिकोले इक्वेडरमाथि सानदार २–० को जित रचेको हो ।

जुलियन क्विनोनेसले शक्तिशाली प्रहारको मद्दतले २२ औं मिनेटमा पहिलो गोल गरे । यस विश्वकपमा उनको यो तेस्रो व्यक्तिगत गोल हो । भेट्रान राउल जिमिनेजले ३१ औं मिनेटमा दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयमा इक्वेडर दस खेलाडीमा सीमित भएको थियो ।

पिएरो हिनक्यापले मेक्सिकोका खेलाडीसँग विवाद गर्ने क्रममा मुख छोपेपछि ‘भार’ को मद्दतले रातो कार्ड देखाइएको थियो । अब मेक्सिकोले क्वाटरफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र डीआर कंगोबीच हुने खेलको विजेताको सामना गर्नेछ ।

लिग चरणमा जर्मनीमाथि ऐतिहासिक जित निकालेर अन्तिम ३२ मा पुगेको इक्वेडरले मेक्सिकोविरुद्ध भने त्यस्तै खेल प्रदर्शन गर्न सकेन । इक्वेडर अब घर फर्किनेछ ।

मेक्सिको सिटीमा भएको खेल खराब मौसमका कारण एक घण्टा ढिला सुरु भएको थियो ।

हिमेश

Link copied successfully