कान्तिपुर म्याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट, इंग्लिस प्रिमियर लिग फुटबल प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।
काठमाडौँ — विम्बल्डन टेनिस सोमबारदेखि इंग्ल्यान्डको लन्डनस्थित अल इंग्ल्यान्ड क्लबमा सुरु भएको छ । सन् १८७७ मा विम्बल्डनको जन्म भएको थियो । त्यसयता यस वर्षको यो १ सय ३९ औं संस्करण हो ।
चार ग्रान्डस्लाम टेनिसमा यो मात्र घाँसे मैदानमा खेलिन्छ । परम्परागत शैलीमा खेलिने भएकाले यो अन्य टेनिस प्रतियोगिता भन्दा फरक रहँदै आएको छ । विम्बल्डन टेनिसका इतिहासमा पहिलो पटक ‘भिडियो रिभ्यु’ राखिएको छ ।
कान्तिपुर म्याक्सले विम्बल्डन टेनिसको प्रत्यक्ष प्रसारण गरिरहेको छ । कान्तिपुर म्याक्समा लगातार दोस्रो पटक विम्बल्डन प्रत्यक्ष प्रसारण गरिएको हो । कान्तिपुर म्याक्सले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट, इंग्लिस प्रिमियर लिग फुटबल प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।
