सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई लगातार चौथो वर्ष एसपीएको साथ

अब सुदूरपश्चिम स्पोर्ट्स अवार्डको नाम एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड रहने

असार १५, २०८३

कान्तिपुर संवाददाता

Sudurpaschim Sports Award with SPA for the fourth consecutive year

धनगढी — नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले १९ असारमा आयोजना गर्न लागेको सातौं संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा एकेडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतासँगै अब सुदूरपश्चिम स्पोर्ट्स अवार्डको नाम एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड रहने अध्यक्ष पाठकले जानकारी दिए । एसपीएले अवार्डलाई लगातार चौथो वर्ष मुख्य प्रायोजकका रुपमा साथ दिएको हो । 

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ । सातौ संस्करणको अवार्डमार्फत वर्ष २०८२/०८३ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई ८ विधामा अवार्ड प्रदान गरिने छ ।

कान्तिपुर

Link copied successfully