बोस्निया–हर्जगोभिनिया र कतारको पनि सम्भावना उस्तै ।
भ्यानकुभर — विश्वकप २०२६ मा बुधबार राति पौने १ बजेको खेलमा बोस्निया–हर्जगोभिनिया र कतार तथा स्विट्जरल्यान्ड र क्यानडा प्रतिस्पर्धा गर्दैछन् । यो समूह ‘बी’ को अन्तिम प्रतिस्पर्धा हो ।
बोस्निया–हर्जगोभिनिया र कतारबीचको खेल अमेरिकाको सियाटलमा तथा स्विट्जरल्यान्ड र क्यानडाबीचको खेल क्यानडाको भ्यानकुभरमा हुनेछ ।
सहआयोजक क्यानडा र स्विट्जरल्यान्डको समान ४ अंक छ र दुवै टोली यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । बोस्निया–हर्जगोभिनिया र कतारको १–१ अंक छ र दुवै टोलीको अन्तिम ३२ मा पुग्ने आशा जीवितै छ । 
स्विट्जरल्यान्ड र क्यानडाबीचको खेल जित्ने टोली समूह विजेता बन्ने छ । । बोस्निया–हर्जगोभिनिया र कतारबीचको खेल विजेता पनि अघिल्लो चरणमा प्रवेश गर्न सक्छ । तर, यो खेल बराबरीमा टुंगिएमा दुवै टोली समूह चरणबाट बिदा हुनेछन् ।
सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहको शीर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यस्तै १२ समूहका तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने ८ टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान रहेको छ ।
