खेलकुद
इंग्ल्यान्ड र घानाबीच बोस्टनमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ । दुवै टोलीको समान ४ अंक भएको छ ।
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
6 Updates
खेलको ७० औं मिनेटसम्म पनि इंग्ल्यान्ड र घानाले गोल हान्न सकिरहेका छैनन्, खेल गोलरहीत बराबरीको स्थितिमा रहेको छ ।
इंग्ल्यान्ड र घानाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
खेलको २६ औं मिनेटमा हाइड्रेसन ब्रेक भएको छ । इंग्ल्यान्ड र घाना बीचको खेल गोलरहीत बराबरीको अवस्थामा छ ।
घानाले अघिल्लो खेलमा पानामालाई १ गोलले हराएको थियो ।
इंग्ल्यान्डले अघिल्लो खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले हराएको थियो । ह्यारी केनको दुई गोलबाट प्रेरित इंग्ल्यान्डले अमेरिकाको डालासमा समूह ‘एल’को खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो ।
कान्तिपुर