समूह ‘के’ मा मंगलबार राति पोर्चुगलले विश्वकपमै डेब्यु गरिरहेको उज्वेकिस्तानको सामना गर्दा उसका सामु एकमात्र उद्देश्य क्रिस्टियानो रोनाल्डोको लय र जित रहेको छ ।
लियोनेल मेसी, किलियन एमबाप्पे र इर्लिङ हलान्ड जस्ता स्ट्राइकरले गोल गरिरहेका कारण पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोमाथि गोल गर्नुपर्ने उच्च दबाब रहेको छ ।
क्रिस्टियानो रोनल्डो पोर्चुगलबाट प्लेयिङ ११ मा खेलिरहेका छन् । पहिलो खेल चोटका कारण गुमाएका रुबेन डियास टोलीमा फर्किएका छन् भने बर्नान्डो सिल्भाको स्थानमा जाओ फ्लिक्स खेलिरहेका छन् ।
उज्वेकिस्तानका प्रशिक्षक फाबिओ कानाभाराले कोलम्बियाविरुद्ध पहिलो खेल खेलेको टोलीबाट ३ खेलाडी परिवर्तन गरेका छन्, जसमा गोलरक्षक पनि रहेका छन् । म्यानचेस्टर सिटीबाट खेल्ने रक्षक खुसानोभमा उज्वेकिस्तानलाई ठूलो आशा रहेको छ ।
(10:29 PM)
दुवै टिमलाई नकआउट चरण प्रवेश गर्न आजको खेल जित्नैपर्ने दबाब
पोर्चुगल पहिलो खेलमा डीआर कंगोसँग गोलरहित बराबरीमा रोकिएको थियो भने उज्वेकिस्तानलाई कोलम्बियाले ३–१ ले पराजित गरेको थियो । दुवै टोलीका लागि नकआउट चरणमा प्रवेश गर्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।
(10:27 PM)
पोर्चुगल र उज्वेकिस्तान ह्युस्टनमा प्रतिस्पर्धा गर्दै