उरुग्वे र केप भार्डेबीचको खेल २–२ को बराबरीमा

केप भार्डेले पहिलो गोल गरेपछि उरुग्वेले लगातार दुई गोल फर्कायो, तर दोस्रो हाफमा केप भार्डेले फेरि बराबरी गर्दै दुवै टोलीले अंक बाँडे।

असार ८, २०८३

कान्तिपुर संवाददाता

Uruguay and Cape Verde tied 2-2

काठमाडौँ — विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान उरुग्वे र केप भार्डेबीचको खेल २–२ को बराबरीमा सम्पन्न भएको छ । 

खेल बराबरीमा रोकिएपछि दुवै टोलीले अंक बाँडेका छन् । खेलको २१ औं मिनेटमा केभिन पिनाको गोलमा केप भार्डेले अग्रता लिएको थियो । तर ४४ औं मिनेटमा उरुग्वेका म्याक्सिमिल्लानोले गोल गर्दै खेल बराबरीमा ल्याए । 

लगत्तै उरुग्वेका अगस्टिनले गोल गर्दै पहिलो हाफ उरुग्वे २ र केप भार्डे १ को स्थितिमा थियो । खेलको ६१ औं मिनेटमा केभ भार्डेका हेलियो भरेलाले गोल गर्दै खेल फेरि २–२ को बराबरीमा ल्याए । 

अन्तिमसम्म पनि दुवै टोलीका तर्फबाट थुप्रै प्रयास भए पनि खेल हार जितसम्म भने पुग्न सकेन । र २–२ को बराबरीमा रोकियो । 

कान्तिपुर

Link copied successfully