महिलामा एभीएमकी वियंका राई दोस्रो तथा भिजनकी योङगी पौडेल र पुलिसकी सुस्मिता खड्का तेस्रो भए ।
काठमाडौँ — आर्मीका सुजन गडाल र भिजन एकेडेमीकी दीक्षा दाहालले दोस्रो मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको स्वर्ण पदक जितेका छन् ।
पुरुष एकलमा सुजन र महिलामा दीक्षा च्याम्पियन भए । पुरुषमा पुलिसका संयोग कपाली दोस्रो तथा भिजनका हिमाल विष्ट र एभीएमका प्रजिल भट्टराई तेस्रो भए । महिलामा एभीएमकी वियंका राई दोस्रो तथा भिजनकी योङगी पौडेल र पुलिसकी सुस्मिता खड्का तेस्रो भए ।
बनेपा नगर टेबलटेनिस संघको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको यु–१८ सिंगल्सको ब्वाइजमा एभीएमका जयस्नु महर्जन र गर्ल्समा एभीएमकै अर्सना महर्जनले स्वर्ण जिते ।
भेट्रान ४० वर्षमाथि पुरुष एकलमा चन्दन शाही, ४५ वर्षमाथि पुरुष डबल्समा चन्दन शाही र रक्तमान महर्जन तथा ५५ वर्षमाथि पुरुष एकलमा राजेन्द्र वज्राचार्यले स्वर्ण जितेको प्रतियोगिता संयोजक शिवसुन्दर गोथेले जनाए ।
