ओलम्पिक दिवसमा विश्व स्केट दिवस पनि मनाइयो

नेपाल स्केटिङ खेलका लागि नेपाल स्केटिङ तथा स्केट बोर्डिङ एसोसिएसनको आयोजनामा खेलाडीहरु तथा अफिसियलहरुले नेपाली संस्कृति झल्कने राष्ट्रिय पोशाक लगाई स्केट बोर्डिङमा दौडिएर मनाएका हुन् ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

World Skate Day was also celebrated on Olympic Day.

काठमाडौँ — जुन २१ अर्थात् असार ७ लाई अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा विश्व स्केट दिवसका साथ मनाइएको छ । नेपाल स्केटिङ खेलका लागि नेपाल स्केटिङ तथा स्केट बोर्डिङ एसोसिएसनको आयोजनामा खेलाडीहरु तथा अफिसियलहरुले नेपाली संस्कृति झल्कने राष्ट्रिय पोशाक लगाई स्केट बोर्डिङमा दौडिएर मनाएका हुन् । 

धुम्बाराही चोकबाट सूरु भएको र्याली महाराजगंज चोकमा पुगि विसर्जन भएको थियो । र्यालीको उद्घाटन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष अशोक रत्न बज्राचार्यले गरेका थिए । स्केट बोर्डका प्रमुख प्रशिक्षक दिलिप राज बराल एसोसियसनका उपाध्यक्ष जाग्रत पहाडी तथा महासचिव सत्य थापाले नेपालमा स्केट बोर्डको लोकप्रियता बढिरहेको चर्चा गरेका थिए । 

स्केटिङ खेलको लागि नेपालमा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ एसोसिएसनले विभिन्न खेल तथा प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully