डार्बिन नुनेज टेक्निक, स्पिड र एथलेटिजमका लागि चिनिन्छन् । तर गोल गर्ने राम्रो मौका गुमाउँदा उनले सोचेजस्तो गोल संख्या बढाउन सकेका छैनन् ।
काठमाडौँ — डार्बिन नुनेज टेक्निक, स्पिड र एथलेटिजमका लागि चिनिन्छन् । तर गोल गर्ने राम्रो मौका गुमाउँदा उनले सोचेजस्तो गोल संख्या बढाउन सकेका छैनन् ।
उनले २०२०–२२ मा बेन्फिकाबाट पोर्चुगलमा खेल्दा ५७ गोल गरेका थिए । त्यसपछि उनी ६ करोड ४० लाख पाउन्डमा लिभरपुल पुगेका थिए, जहाँ उनले ९५ खेल खेल्दै २५ गोल गरेका थिए । महत्त्वपूर्ण खेलहरूमा गोल गरे पनि राम्रो मौका गुमाउँदा उनको आलोचना पनि उत्तिकै हुने गरेको थियो ।
प्रिमियर लिग जिताएकै वर्ष लिभरपुलले उनलाई साउदी अरेबियाको अल हिलाल पठाइएदिएको थियो । उनले त्यहाँ १६ खेलमा ६ गोल गरेका छन् । २६ वर्षे नुनेजले उरुग्वेबाट ३९ खेलमा १३ गोल गरिसकेका छन् ।
उरुग्वे २०२२ को विश्वकपमा दोस्रो चरण पुग्न नसकेको तीतो क्षण उनले पनि महसुस गरेका थिए । यसपालि पनि उनको सोचेजस्तो सुरुआत हुन सकेको छैन ।
साउदी अरेबियासँगको पहिलो खेलमा उनलाई मध्यान्तरमै निकालिएको थियो । केप भार्डेसँगको खेलबाट भने नुनेजले लय समाउने विश्वास लिइएको छ ।
