पहिलो हाफअघि आइभोरी कोस्ट १ गोलको अग्रता कायम गर्न सफल भएको छ । फ्रान्क केसिईले नजिकको दुरीबाट गोल गर्दै आइभोरी कोस्टलाई ३० औं मिनेटमा अग्रता दिलाएका थिए ।
इक्वेडरमाथि विजय दिलाउँदा दोस्रो हाफमा मैदानमा प्रवेश गरेका आइभोरी कोस्टका अमाद डिएलो जर्मनीविरुद्ध प्लेयिङ ११ बाट खेलिरहेका छन् । पहिलो खेल खेलेको जर्मनीबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन ।
(01:43 AM)
पहिलो खेलमा जर्मनीले कुरासाओ र आइभोरी कोस्टले इक्वेडरलाई हराएको थियो
जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७–१ ले पराजित गरेको थियो भने अमाद डिएलोको गोलमा आइभोरी कोस्टले इक्वेडरमाथि १–० को जित निकालेको थियो । जर्मनी र आइभोरी कोस्टको खेलमा विजय हात पार्ने टोली नकआउट चरणमा पुग्ने छ ।