नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न दुवै टिमलाई जित आवश्यक रहेको छ ।
3 Updates
इक्वडेर र कुराकाउले विश्वकप २०२६ मा आइतबार रोमाञ्चक गोलरहित बराबरी खेलेका छन् । कानसास सिटी स्टेडियममा दुवै टिमले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै पनि निर्णायक हुन सकेनन् । यो नतिजापछि दुवै टिम समूह ई मा एक एक अंकमा रहे र अन्तिम दुई स्थानमा रहे । यो नतिजाले उनीहरूको नकआउट चरण प्रवेशको सम्भावना जीवन्त रहे पनि स्थिति भने कठिन बनेको छ । यो समूहबाट जर्मनी यसअघि नै नकआउट चरण पुगिसकेको छ । जर्मनीको दुई खेलबाट छ अंक छ । आइभरीकोस्ट दुई खेलबाट तीन अंकमा दोस्रो स्थानमा छ । विश्वकपमा डेब्यु गरिरहेको कुराकाउ भने पहिलो अंक बटुल्न भने सफल रह्यो ।
इक्वडेर र कुराकाउबीच कानसास सिटी स्टेडियममा चलिरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको छ । दुवै टिमले केही आक्रमण बुने पनि कुनै पनि निर्णायक सावित भएका छैनन् । दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्नेछ । बराबरीको नतिजालो दुवै टिमलाई घाटा गर्नेछ ।
