कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिक च्याम्पियन

आइतबार कन्स्टिलेसन सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बनेको हो ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

Constellation, Angel's Heart and Valley Public Champion

काठमाडौँ — कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकले १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

आइतबार कन्स्टिलेसन सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बनेको हो ।

आयोजक स्किब्सको कोर्टमा सम्पन्न सिनियर ब्वाइज फाइनलमा कन्स्टिलेसनले स्किब्सलाई २१–१८ स्कोरले पराजित गर्‍यो । यो प्रतियोगितामा कन्स्टिलेसनले पहिलो पटक उपाधि जितेको हो ।

जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ग्रिनफिल्डलाई १७–१६ स्कोरले हरायो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १४–११ स्कोरले हराएर उपाधि रक्षा गर्‍यो ।

सिनियर ब्वाइजमा कन्स्टिलेसनका रिदम नेपाल, जुनियर ब्वाइजमा एन्जल्स हार्टका निश्चल घर्तीमगर र सिनियर गर्ल्समा भ्याली पब्लिककी सानुमाया तामाङ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

विजेतालाई काठमाडौं प्याब्सनका सचिव कृष्ण भण्डारी र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले पुरस्कृत गरे ।

Constellation, Angel's Heart and Valley Public Champion

कान्तिपुर

Link copied successfully