थ्री बाइ थ्री बास्केटबल सुरु

सिनियर गर्ल्समा विद्या विकासले आयोजक स्किब्सलाई ११–१०, भ्याली पब्लिकले बाल वाटिकालाई १२–८, जेबी स्कुलले हिमालयलाई ७–४ र इडेन ब्रिज एकेडेमी (ईबीए) ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ९–४ स्कोरले पराजित गरे ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

Three-by-three basketball begins

काठमाडौँ — १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबार सुरु भएको छ । सिनियर गर्ल्स र जुनियर ब्वाइजमा सेमिफाइनल समीकरण तयार भएको छ ।

सिनियर गर्ल्समा विद्या विकासले आयोजक स्किब्सलाई ११–१०, भ्याली पब्लिकले बाल वाटिकालाई १२–८, जेबी स्कुलले हिमालयलाई ७–४ र इडेन ब्रिज एकेडेमी (ईबीए) ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ९–४ स्कोरले पराजित गरे । सेमिफाइनलमा जेबी स्कुलले भ्याली पब्लिक तथा ईबीएले विद्या विकाससँग प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक श्री चन्द्रविन्दु बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा महामञ्जुश्रीले ईबीएलाई १०–९, गोल्डेनपिकले ओडिसी एकेडेमीलाई १०–९, ग्रिनफिल्डले स्किब्सलाई ८–२ र एन्जल्स हार्टले निम्सलाई १५–३ ले हराए । सेमिफाइनल महामञ्जुश्री र एन्जल्स हार्ट तथा गोल्डेनपिक र ग्रिनफिल्डबीच  हुनेछ ।

सिनियर ब्वाइजमा निम्स, स्किब्स, कन्स्टिलेसन, त्रिज्योति, एन्जल्स हार्ट, न्युटन र पारामाउन्ट एकेडेमी क्वाटरफाइनल पुगेका छन् । स्काइलार्क र नव ज्ञानभूमिबीचको खेलले क्वाटरफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।

प्रतियोगितामा ३३ विद्यालयका ४८ टिमको सहभागिता रहेको छ । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गर्ल्समा १२–१२ टिमले भाग लिने भएका छन् । प्रतियोगिता आइतबार सकिनेछ ।

कान्तिपुर

Link copied successfully