Live

 फिफा विश्वकप २०२६ : स्विडेन भर्सेस नेदरल्यान्ड्स

आत्मविश्वासी  स्विडेनविरुद्ध निराश प्रतिद्वन्द्वीका रूपमा डच टोली भिडन्तमा उत्रिएको छ।

असार ६, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: Sweden vs. Netherlands

11 Updates

(12:09 AM)

विश्वकप २०२६ मा ३३ खेलमा १ सय गोल

नेदरल्यान्ड्सले गरेको चौथो गोल विश्वकप २०२६ को ३३ खेलमा भएको १ सय गोल हो । सन् १९५८ यता यति चाँडो १ सय गोल भएको यो पहिलो पटक हो ।

100 goals in 33 matches at the World Cup 2026

(12:05 AM)

नेदरल्यान्ड्सलाई ४–० को अग्रता

कोडी गाक्पोले ५४ औं मिनेटमा आफ्नो दोस्रो गोल गरेका छन् र स्विडेनविरुद्ध नेदरल्यान्ड्सले ४–० को अग्रता लिएको छ ।

Netherlands take a 4-0 lead

(11:56 PM)

नेदरल्यान्ड्सले थप्यो तेस्रो गोल

नेदरल्यान्ड्सले स्विडेनविरुद्ध तेस्रो गोल गरेको छ ।

Netherlands add third goal

(11:38 PM)

नेदरल्यान्ड्सलाई मध्यान्तरसम्म २–० को अग्रता

नेदरल्यान्ड्सले ह्युस्टनमा स्विडेनविरुद्ध समूह ‘एफ’ को खेलमा मध्यान्तरसम्म २–० को अग्रता लिएको छ । नेदरल्यान्ड्सका लागि दुवै गोल ब्रायन ब्रोबीले गरेका हुन् ।

Netherlands lead 2-0 at halftime

(11:03 PM)

नेदरल्यान्ड्सले थप्यो दोस्रो गोल

नेदरल्यान्ड्सले स्विडेनविरुद्ध दोस्रो गोल गरेको छ । ब्रायन ब्रोबीले नेदरल्यान्ड्सबाट दोस्रो गोल गरेका हुन् । उनले १७ औं मिनेटमा डच टोलीको अग्रतालाई दोब्बर बनाएका छन् ।

Netherlands add second goal

(10:52 PM)

नेदरल्यान्ड्सले गर्‍यो पहिलो गोल

नेदरल्यान्ड्सले स्विडेनविरुद्ध पहिलो गोल गरेकाे छ । प्रतियोगितामा पहिलो पटक प्लेयिङ ११ बाट खेलिरहेका ब्रायन ब्रोबीले नेदरल्यान्ड्सलाई पाँचौं मिनेटमा अग्रता दिलाएका हुन् ।

The Netherlands scored the first goal.

(10:43 PM)

स्विडेनको ध्यान नकआउट चरण

विश्वकपमा निकै कठोर संघर्ष गरी छनोट भएको स्विडेनले नेदरल्यान्ड्सलाई पराजित गरेमा नकआउट चरणमा पुग्ने छ ।

(10:41 PM)

स्विडेन दुई प्रमुख स्ट्राइकर लिएर मैदानमा

पहिलो खेल खेलेको स्विडेनको टोलीमा कुनै खेलाडी परिवर्तन गरिएको छैन । दुई प्रमुख स्ट्राइकर एलेक्सान्दर इसाक र भिक्टोर गोयकुरेज खेलिरहेका छन् ।

(10:37 PM)

नेदरल्यान्ड्सले ब्रायन ब्रोबीलाई खेलाउँदै

नेदरल्यान्ड्सले जापानसँग खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्दै क्रिसेन्सिओ समरभिलको स्थानमा ब्रायन ब्रोबीलाई खेलाएको छ ।

(10:35 PM)

यसअघि स्विडेनले ट्युनिसियालाई ५–१ ले पराजित गरेको थियो

नेदरल्यान्ड्स पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको थियो भने स्विडेनले ट्युनिसियालाई ५–१ ले पराजित गरेको थियो ।

(10:31 PM)

नेदरल्यान्ड्स र स्विडेन ह्युस्टनमा प्रतिस्पर्धा गर्दै

नेदरल्यान्ड्स र स्विडेन विश्वकप २०२६ को समूह ‘एफ’ को खेलमा शनिबार ह्युस्टनमा प्रतिस्पर्धा गर्दैछन् ।

Netherlands and Sweden competing in Houston

कान्तिपुर

Link copied successfully