अस्ट्रेलियाले पहिलो खेलमा टर्किएलाई २-० ले र अमेरिकाले पाराग्वेलाई ४-१ ले पन्छाएको थियो । दुवै टोली जितको त्यो लय कायम राख्दै नकआउट चरणमा स्थान बनाउन दोस्रो जितको खोजीमा छन् ।
पहिलो खेलमा टर्किएमाथि २–० को विजय हात पारेको खेलबाट अस्ट्रेलियाले पनि आश्चर्यजनक रूपमा २ खेलाडी परिवर्तन गरेको छ । दुवै गोल गर्ने २० वर्षे नेस्टोरी इरानकुन्डा र मिडफिल्डर कोनोर मेटकाल्फको स्थानमा म्याथ्यु लेकी र निशान भेलुपिल्लीलाई प्लेयिङ ११ मा समेटिएको छ ।

