Live

उज्वेकिस्तान भर्सेस कोलम्बिया

खेल मेक्सिको सिटी रंगशालामा भईरहेको छ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Uzbekistan vs. Colombia

13 Updates

(09:54 AM)

उज्वेकिस्तानलाई हराएर कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा

दोस्रो हाफको दुई गोलको मद्दतले कोलम्बियाले विश्वकप २०२६ मा बिहीबार उज्वेकिस्तानलाई ३–१ ले हराएको छ र तीन अंकसँगै समूह ‘के’ को शीर्ष स्थानमा उक्लेको छ । यसअघिको समूहको अर्को खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेलेका थिए । दुवै टिम एक एक अंकमा रहे । अब पोर्चुगलले उज्वेकिस्तान र कोलम्बियाले डीआर कंगोको सामना गर्नेछ ।

Colombia tops Group K after beating Uzbekistan

(09:36 AM)

एस्टेका रङ्गशालाको इतिहास

मेक्सिको सिटीको यही ऐतिहासिक एस्टेका रङ्गशालामा सन् १९७० मा पेले र सन् १९८६ मा डिएगो म्याराडोनाले प्रसिद्ध 'ह्यान्ड अफ गड' र शताब्दीकै उत्कृष्ट गोलसहित विश्वकप ट्रफी उचालेका थिए। हाल मेक्सिको सिटी स्टेडियमले चिनिने यो रङ्गशाला समुन्द्र सतहबाट २२ सय मिटर उचाइमा भएकाले खेलाडीलाई हाई अल्टिच्युडको चुनौती सामना गर्नु परिरहेको देखिन्छ ।

(09:29 AM)

काेलम्बियाका दुई फरवार्ड परिवर्तन

कोलम्बियाका प्रशिक्षकले ७१औँ मिनेटमा कप्तान जेम्स रोड्रिगेजलाई आराम दिँदै जामिन्टन काम्पाजलाई मैदान पठाएका छन्। त्यसैगरी अर्का फरवार्ड लुइस स्वारेज (उरूग्वेका स्वारेज अर्का खेलाडी हुन् )लाइ पनि परिवर्तन गरिएको छ ।

(09:23 AM)

कोलम्बिया ६७ प्रतिशत पोजेसनसहित बलियोस्थितीमा

कोलम्बियाले सुरुदेखि नै बल आफ्नो नियन्त्रणमा राख्दै ६७ प्रतिशत पोजेसनका साथ खेलमाथि प्रभुत्व जमाएको छ। उज्वेकिस्तानले दोस्रो हाफमा काउन्टर अट्याकमार्फत केही सुधार गर्न खोजिरहँदा दोस्रो गोल खाएको हो । खेलको ७५ मिनेट सकिंदासम्म कोलम्बियाले ११ सट हानेको छ भने उज्वेकिस्तानको ३ सट मात्र छ । अहिलेसम्म दुवै टिमले एक–एक पहेंलो कार्ड खाएका छन्।

(09:14 AM)

कोलम्बियाको दोस्रो गोल

उज्वेकिस्तानले बराबरी गोल गरेको पाँच मिनेटमा नै कोलम्बियाले दोस्रो गोल गर्दै अग्रतालाई कायम राखेको छ । पहिलो गोलका लागि ड्यानियल मुनोजलाई असिस्ट गरेका लुईस डियाजले दोस्रो गोल भने गुस्ताभो सान्तान्देरको पासमा गरेका हुन् ।

(09:09 AM)

उज्वेकिस्तानको बराबरी गोल

कोलम्बियाविरुद्धको खेलमा उज्वेकिस्तानले गोल गर्दै १–१ को बराबरी गरेको छ । खेलको ६० औं मिनेटमा अब्बोस्बेक फेजुलाएभले हेडर गोल गरेका हुन् । यस गोलसँगै उज्वेकिस्तान खेलमा फर्किएको छ ।

(09:03 AM)

अन्तिम समयका नयाँ प्रशिक्षक

उज्वेकिस्तानले विश्वकपका लागि छनोट गरिएका प्रशिक्षक तिमुर कापाद्जेलाई विश्वकपको ठीक अघि हटाएर पूर्व बालोन डी'ओर विजेता तथा विश्वविजेता इटालीका कप्तान फाबियो कानाभारोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो।

Last minute new coach

(08:57 AM)

खेलाडी परिवर्तन

१ गोलले पछि परिरहेको उज्वेकिस्तानले खेलको दोस्रो हाफको सुरुमै दुई खेलाडी परिवर्तन गरेको छ । फरवार्ड ओस्टोन उरुनोभलाई दोस्तोन्बेक खाम्दामोभले रिप्लेस गरेका छन् भने सेर्जोड नास्रुलुएभलाई फारुख सेफ्लिभले रिप्लेस गरेका हुन् ।

(08:53 AM)

खेलमा कोलम्बियाको नियन्त्रण

मेक्सिकोको ऐतिहासिक एस्टेका रङ्गशालामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' मा रहेको कोलम्बिया र उज्वेकिस्तानबीचको खेलको दोस्रो हाफको खेल सुरु भएको छ । कोलम्बियाले पहिलो हाफमा ७२ प्रतिशत बल पोजेसन राख्दै खेलमा आफ्नो पूर्ण दबाब कायम गरेको छ। पहिलो हाफमा उज्वेकिस्तानले कोलम्बियाको पोस्टमा कुनै पनि प्रहार गर्न सकेको छैन।

(08:50 AM)

उज्वेकिस्तानको ऐतिहासिक डेब्यु

सोभियत संघबाट अलग भएको लामो समयपछि उज्वेकिस्तानले आफ्नो इतिहासमै पहिलो पटक विश्वकप खेल्दै नयाँ इतिहास रचेको हो। त्यस्तै, सन् २०२२ को कतार विश्वकपमा छनोट हुन नसकेको कोलम्बियाको यो ७औँ विश्वकप सहभागिता हो।

(08:42 AM)

गाेल रक्षकको गोल

मेक्सिको सिटी रंगशालामा भईरहेको विश्वकप फुटबल समूह 'के' अन्तर्गतको उज्वेकिस्तान र कोलम्बियाबीचको खेलमा कोलम्बियाका डेनियल मुनोजले आफ्नो टोलीका लागि पहिलो गोल गर्दै। मुनाेज क्रिस्टल प्यालेसबाट क्लब फुटबल खेल्ने गर्छन् । तस्बिर : एपी

Goalkeeper's goal

(08:35 AM)

पहिलो हाफमा कोलम्बियाको अग्रता

फिफा वरियतामा १३ औं स्थानमा रहेको कोलम्बियाले ५० औं स्थानमा रहेको उज्वेकिस्तानविरुद्ध पहिलो हाफमा १ गोलको अग्रता लिएको छ । समूह ‘के’ अन्तर्गत भईरहेको पहिलो खेलमा पोर्चुगलले कंगोसँग १–१ को बराबरीमा अंक बाँडेपछि कोलम्बिया ३ अंकसहित समूहमा सुरुवाती पहिलो स्थानमा आएको छ ।

(08:27 AM)

कोलम्बियाको पहिलो गोल

उज्वेकिस्तानविरुद्धको खेलमा कोलम्बियाले पहिलो गोल गर्दै अग्रता लिएको छ । खेलको ४१ मिनेटमा कोलम्बियाका लागि डिफेन्डर ड्यानियल मुनोजले गोल गरेका हुन् । उनले लुईस डियाजको पासमा सुन्दर गोल गरे ।

कान्तिपुर

Link copied successfully