डिफेन्सिभ मिडिफिल्डमा खेल्ने उनी नेतृत्व क्षमता, बल पास गर्ने कलामा भरपर्दा खेलाडीमा चिनिन्छन् । बढी नै आक्रोश देखाउने कारण उनको आलोचना पनि हुने गरेको छ ।
काठमाडौँ — ३३ वर्षे ग्रानिट जाका स्विट्जरल्यान्डका कप्तान हुन् । उनले स्विट्जरल्यान्डको बसेल, जर्मनीको बोरुसिया मोन्चेनग्लाडबाक, बायर लेभरकुसेन, इंग्ल्यान्डको आर्सनल र सन्डरल्यान्डबाट खेलेका छन् । उनले स्विट्जरल्यान्ड, जर्मनीमा लिग जितेका छन् भने इंग्ल्यान्डमा आर्सनलबाट दुई एफए कप जितेका छन् ।
डिफेन्सिभ मिडिफिल्डमा खेल्ने उनी नेतृत्व क्षमता, बल पास गर्ने कलामा भरपर्दा खेलाडीमा चिनिन्छन् । बढी नै आक्रोश देखाउने कारण उनको आलोचना पनि हुने गरेको छ । उनी स्विट्जरल्यान्ड राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले स्विस टोलीबाट १ सय ४७ क्याप जित्दै १७ गोल गरेका छन् । तीन विश्वकप, तीन युरोपियन च्याम्पियनसिपमा खेलिसकेका उनी तीन पटक स्विस वर्षको उत्कृष्ट खेलाडी बनिसकेका छन् ।
