टेबलटेनिस टिम इभेन्टमा मोडर्न इन्डियन च्याम्पियन

चेसकै सिनियर ब्वाइज १७ वर्षमुनि मोर्डन इन्डियनका आशिष गुप्ता विजेता भए । मोर्डनकै आर्यन अग्रवाल दोस्रो भए भने साइमन गुरुङ (चाँदबाग) र आभास पालरवाल (एमआईएस) तेस्रो स्थानमा रहे ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Modern Indian champions in table tennis team event

काठमाडौँ — मोडर्न इन्डियन स्कुलमा भइरहेको एमआईएस खेलकुदअन्तर्गत चेसतर्फ जुनियर ब्वाइज १४ वर्षमुनि पुष्पसदनका हार्दिक पन्त विजेता भएका छन् । त्रियोगका आभास रिमाल दोस्रो भए । डीएभीका रेयांशु पौडेल र सात्विक आचार्य तेस्रो स्थानमा रहे ।

चेसकै सिनियर ब्वाइज १७ वर्षमुनि मोर्डन इन्डियनका आशिष गुप्ता विजेता भए । मोर्डनकै आर्यन अग्रवाल दोस्रो भए भने साइमन गुरुङ (चाँदबाग) र आभास पालरवाल (एमआईएस) तेस्रो स्थानमा रहे ।

जुनियर गर्ल्सतर्फ १४ वर्षमुनि तनिष्का झा (मोर्डन इन्डियन) विजेता भइन् । जेरुशा थाङ्सा (मोडर्न) दोस्रो भए । पुष्पसदनका प्रियांयु यादव र सेन्ट मेरिजकी जस्मित लामा तेस्रो स्थानमा रहे ।

गर्ल्सकी सिनियर १७ वर्षमुनि त्रियोगकी परिधि खत्री विजेता, डीएभीकी श्रीपर्ण दास उपविजेता तथा अमौलिका खड्का (चाादबाग) र विशिष्टा थापा (सेन्ट मेरिज) तेस्रो भए ।

त्यस्त ब्याडमिन्टनको जुनियर १४ वर्षमुनि ब्वाइजमा मोर्डन इन्डियनका विलिफविक्रम अधिकारीले आयुष पौड्याल (डीएभी स्कुल) लाई हराएर उपाधि जिते । कृषभ अग्रवाल (एमआईएस) र लेनिन सुवेदी (पुष्पसदन स्कुल) तेस्रो भए ।

१७ वर्षमुनिका सिनियर ब्वाइजमा रायन नाथ (मोर्डन इन्डियन) विजेता, सत्यम कार्की (जेम्स) उपविजेता तथा आयान अग्रवाल र आयुष कुशवाहा (मोडर्न इन्डियन) तेस्रो भए ।

जुनियर १४ वर्षमुनिका गर्ल्समा मोडर्नकी ग्रिष्मा अधिकारी विजेता भइन् । उनले आफ्नै स्कुलकी सानिया महर्जनलाई हराइन् । युमिका सम्पाङ राई (सेन्ट मेरिज) र प्रणिका अधिकारी (मोडर्न इन्डियन) तेस्रो भए ।

सिनियर गर्ल्स १७ मुनि सेन्ट मेरिजकी शिवालिका गिरी डीएभीकी युसना महर्जनलाई हराएर उपाधि जितिन् । जेम्सकी ज्योति श्रेष्ठ र मोडर्नकी सिर्जना श्रेष्ठ तेस्रो भए ।

Modern Indian champions in table tennis team event

टेबलटेनिसको जुनियर ब्वाइज (१४ वर्षमुनि) एमआईएसका सम्भव जैनले आफ्नै स्कुलका आयांश मित्तललाई हराएर उपाधि जिते । काब्य स्कुलका ड्यानियल व्यञ्जनकर र सुवा महर्जन (पुष्पसदन) तेस्रो भए ।

सिनियर ब्वाइज (१७ वर्षमुनि) रिभानमुनि वज्राचार्यले निर्भाना वज्राचार्यलाई हराएर उपाधि जिते । जेम्सका अनमोल बजगाई र एमआईएसका वैभव जैन तेस्रो भए ।

जुनियर गर्ल्स (१४ वर्षमुनि) जेम्सकी सुहाना महर्जन विजेता भइन् । उनले पुष्पसदकी क्रिस्टल भुसाललाई हराइन् । एमआईएसका यशी चिरनिया र समीक्षा बजेसरिया तेस्रो स्थानमा रहे । १७ वर्षमुनि गर्ल्सतर्फ सेन्ट मेरिजकी सुरम्या शाक्य प्रथम, युनाइटेड एकेडेमीकी यूमना खड्का द्वितीय तथा पुष्पसदनकी विपासा दावन्से र एमआईएसकी रिद्धि चौरसिया तृतीय भए ।

टेबलटेनिस गर्ल्स टिम इभेन्टमा आयोजक मोडर्न इन्डियन च्याम्पियन भयो । टोलीमा रिद्धि चौरसिया, यशी चिरनिया, समीक्षा बजेसरिया, आर्ध्या अग्रवाल, हिमानी शर्मा तथा प्रशिक्षक नरेश रावल रहेका थिए । उपविजेता बनेको जेम्स टोलीमा सुहाना महर्जन, रिया साह, निष्ठा श्रेष्ठ, पूर्वी मनुकर्मी, दिव्यांशी श्रेष्ठ तथा प्रशिक्षकमा सुनिल महर्जन रहेका थिए ।

ब्वाइज टिम इभेन्टमा डीएभी च्याम्पियन भयो । त्यमा रिभानमुनि वज्राचार्य, निभाना बज्राचार्य, उद विश्वकर्मा, शुभम खड्का, परिक्षित बुढाथोकी र प्रशिक्षक सञ्जय अर्याल रहेका थिए । उपविजेतामा जेम्स टिम (अनमोल बजगाईं, सुप्रिम डोटेल, प्रणव श्रेष्ठ, आरन थापा, निशान आचार्य र प्रशिक्षक सुनील महर्जन) रह्यो ।

क्रिकेटको फाइनलमा नेपाल एपीएफ स्कुल र डीएभी स्कुल पुगेका छन् । त्यस्तै फुटसल फाइनलमा द एक्सेल्सियर स्कुलले राई स्कुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

एमआईएस कपअन्तर्गत गर्ल्स बास्केटबलमा चाादबागले सेन्ट मेरिज स्कुललाई २०–६ स्कोरले हराएर उपाधि जित्यो । ब्वाइजतर्फ आयोजक मोडर्न इन्डियन र ग्रेडेड इंग्लिस स्कुल फाइनल पुगेका छन् ।

कान्तिपुर

Link copied successfully