Live

फिफा विश्वकप २०२६ : इंग्ल्यान्डद्वारा क्रोएसिया ४-२ गोलले पराजित

ह्यारी केनको दुई गोलबाट प्रेरित इंग्ल्यान्डले अमेरिकाको डालासमा समूह ‘एल’को खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको छ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: England defeats Croatia 4-2

10 Updates

(03:47 AM)

इंग्ल्यान्डद्वारा क्रोएसिया ४–२ ले पराजित

ह्यारी केनको दुई गोलबाट प्रेरित इंग्ल्यान्डले अमेरिकाको डालासमा समूह ‘एल’को खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको छ ।

(03:35 AM)

इंग्ल्यान्डको चौथो गोल

इंग्ल्यान्डका लागि मार्कस र्‍यासफोर्डले ८५ औं मिनेटमा चौथो गोल गर्न सफल भएका हुन् ।

(02:56 AM)

इंग्ल्यान्डको तेस्रो गोल

जुड बेलिङघमले इंग्ल्यान्डका लागि ४७ औं मिनेटमा तेस्रो गोल गर्न सफल भएका हुन् ।

(02:38 AM)

हाफ-टाइम : इंग्ल्यान्ड २, क्रोएसिया २

हाफ-टाइमअघि इंग्ल्यान्ड २ गोल गर्न सफल भएको छ भने क्रोएसिया पनि २ गोल गर्न सफल भएको छ ।

(02:36 AM)

क्रोएसियाको दोस्रो गोल

क्रोएसियाका लागि पिटर मुसाले हाफ-टाइम अघि दोस्रो गोल गर्न सफल भएका हुन् ।

(02:27 AM)

इंग्ल्यान्डको दोस्रो गोल

इंग्ल्यान्डका कप्तान ह्यारी केनले ४२ औं मिनेटमा दोस्रो गोल गर्न सफल भएका हुन् ।

England's second goal
तस्बिर : एपी

(02:22 AM)

क्रोएसियाको पहिलो गोल

क्रोएसियाका लागि मार्टिन बाटुरिनाले ३६ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।

(01:57 AM)

इंग्ल्यान्डको पहिलो गोल

ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्यान्डले क्रोएसियाविरुद्ध १२ औं मिनेटमा अग्रता लिएको छ ।

England's first goal
खेलअघि इंग्ल्यान्डका ह्यारी केन (९) र डेक्लन राइस (४) वार्म-अपका लागि मैदानमा प्रवेश गर्दै । तस्बिर : एपी/जुलियो कोर्तेज

(01:39 AM)

मोड्रिचसहितका स्वर्णिम पुस्ताको अन्तिम विश्वकप अवसर

लुका मोड्रिजसहितको स्वर्णिम पुस्ताको क्रोएसियाका लागि विश्वकप जित्ने यो अन्तिम अवसर रहेको छ । सन् २०१८ मा फाइनल पुगेर टोली फ्रान्ससँग पराजित भएको थियो भने चार वर्षअघि कतारमा क्रोएसिया सेमिफाइलनमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

(01:35 AM)

इंग्ल्यान्डको बेन्चमा साका र रोजर्स

इंग्ल्यान्डबाट कप्तान ह्यारी केनसहित, जुड बेलिङघम, गोर्डन लगायतका खेलाडी रहेका छन् । बुकायो साका, मोर्गन रोजर्सलाई इंग्ल्यान्डले बेन्चमा राखेको छ ।

Saka and Rodgers on England bench
खेलअघि इंग्ल्यान्डका ह्यारी केन (९) र डेक्लन राइस (४) वार्म-अपका लागि मैदानमा प्रवेश गर्दै । तस्बिर : एपी/जुलियो कोर्तेज

कान्तिपुर

Link copied successfully