पोर्चुगल टिममा ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोका रूपमा त्यस्ता खेलाडी छन्, जसले आफ्नो सफल खेलजीवनमा लगभग सबथोक जितिसकेका छन् तर विश्वकप भने जित्न सकेका छैनन् ।
क्रिस्टियानो रोनाल्डोले पोर्चुगलबाट १ सय ४७ गोल गरेका छन्, जुन कुनै पनि खेलाडीले एउटा देशका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान हो । विश्वकप इतिहासमा भने रोनाल्डोले २२ खेलमा ८ गोल गरेका छन् र उनी सर्वाधिक गोल गर्नेमा जर्मनीका मिरोस्लाभ क्लोस र अर्जेन्टिनाका लियोनेल मेसीभन्दा ८ गोलले पछाडि छन् ।

