विश्वकप २०२६ को बहुप्रतीक्षित खेलमा अहिले अर्जेन्टिनाले अल्जेरियाको सामना गरिरहेकाे छ ।
अर्जेन्टिना विश्वकप २०२६ को आफ्नो पहिलो खेलको पहिलो हाफ समाप्त हुँदा अल्जेरियामाथि १–० ले अगाडि रहेको छ । डिफेन्डिङ च्याम्पियनका लागि समूह ‘जे’ को खेलमा कप्तान लियोनल मेसीले १७ औं मिनेटमा गोल गरेका हुन् ।
अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको हो । विश्वकपमा उनको यो १४ औं गोल हो । कानसास सिटीमा भइरहेको खेलमा अर्जेन्टिना र अल्जेरियाले सुरुआती केही मिनेटमै दुवै टिमले एक एक पल्ट गोलको अवसर बनाए पनि ती दुवै अफसाइड रहे ।
अर्जेन्टिनाका लागि लियोनल मेसी र अल्जेरियाका लागि फारेस चाइबीको प्रहारले पोस्टका दिशा लिए पनि त्यसले मान्यता पाएन् ।
विश्वकप २०२६ को बहुप्रतीक्षित खेलमा अहिले अर्जेन्टिनाले अल्जेरियाको सामना गर्दैछ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले यस खेलबाट समूह ‘जे' मा आफ्नो यात्रा सुरु गर्नेछ ।
कानसास सिटी स्टेडियममा हुने खेलबाट अर्जेन्टिनी कप्तान लियोनल मेसीको नाममा एउटा अद्धितीय कीर्तिमान जोडिने छ र यो हो, उनी छैटौं पल्ट विश्वकप खेल्ने पहिलो खेलाडी हुनेछन् ।
मेसीले अर्जेन्टिनाका लागि दुई सयौं क्याप पनि जितेका छन् । त्यसैले उनका लागि विश्वकपको यो खेल ऐतिहासिक रहेको छ ।


