Live

फिफा विश्वकप २०२६: इराक भर्सेस नर्वे

नर्वे र इराकबीचको खेल बोस्टन स्टेडियममा नेपाली समय अनुसार बुधबार बिहान पौने ४ बजे सुरु हुँदै । फिफा वरीयतामा ३१औं स्थानमा रहेको  नर्वे  र ५७औं स्थानमा रहेको  इराकबीच प्रतिस्पर्धा ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

FIFA World Cup 2026: Iraq vs. Norway

8 Updates

(05:26 AM)

नर्वेले थप्यो तेस्रो गोल

भर्खरै मैदान प्रवेश गरेका अस्तिगार्डले गोल गरेका हुन् । 

Norway added a third goal

(04:56 AM)

पहिलो हाफका गोलकर्ता एर्लिङ हालान्ड र आयमेन हुसेन

इराक र नर्वेबीचको खेलको पहिलो हाफमा एर्लिङ हालान्डले २९ र ४३ औं मिनेटमा नर्वेका लागि दुई गोल गरेका हुन् भने इराकका लागि आयमेन हुसेनले ३९ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।

(04:41 AM)

पहिलो हाफमा नर्वे २-१ ले अगाडि

नर्वे र इराकबीचको खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफमा नर्वेले २ गोल गरेको छ भने इराकले एक गोल फर्काएको छ ।  

Norway leads 2-1 in the first half

(04:33 AM)

नर्वेले गर्‍यो दोस्रो गोल

इराकका गोलकिपरको गल्तीको भरपूर फाइदा उठाए नर्वेका एर्लिङ ब्रान्ट हालान्डले । उनले आजको खेलमा दोस्रो गोल गरेका हुन् ।

(04:28 AM)

इराकले फर्कायो गोल

इराकले नर्वेविरुद्ध गोल फर्काएको छ ।

(04:17 AM)

नर्वेद्वारा सुन्दर गोल

नर्वेले खेल सुरु भएको ३० औं मिनेटमा गोल गरेको छ । इराकविरुद्ध नर्वे १-० ले अगाडि ।

Beautiful goal by Norway

(03:48 AM)

इराक ४० वर्षपछि विश्वकपमा

इराक सन् १९८६ मा मेक्सिकोमै भएको विश्वकपको ४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको छ । ४० वर्षको लामो खडेरी, युद्धको छाया र २१ खेलको कठिन छनोट यात्रापछि 'लायन्स अफ मेसोपोटामिया' अर्थात् इराक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएको हो । 

(03:46 AM)

नर्वे २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन

नर्वेले २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको हो । नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको मुख्य प्रतियोगितामा छनोट भएको छ । 

कान्तिपुर

Link copied successfully