Live

स्वीडेन भर्सेस ट्युनिसिया

स्विडेनले विश्वकप २०२६ मा सोमबार ट्युनेसियालाई सजिलै ५–१ ले हराएर समूह एफ को शीर्ष स्थानमा उक्लेको छ ।

असार १, २०८३

इकान्तिपुर डेस्क

Sweden vs. Tunisia

8 Updates

(09:47 AM)

स्विडेन समूह 'एफ'को शीर्षमा

स्विडेनले विश्वकप २०२६ मा सोमबार ट्युनेसियालाई सजिलै ५–१ ले हराएर समूह एफ को शीर्ष स्थानमा उक्लेको छ । स्टाडियो मोन्टेरीमा भएको खेलमा स्विडेनले ट्युनेसियामाथि सहज जित निकालेको हो । त्यसमा यासिन अयारीले दुई गोल गरे । यो जितपछि स्विडेनको तीन अंक भएको छ । यसै समूहका जापान र नेदरल्यान्ड्स एक एक अंकमा छन् । पराजित ट्युनेसिया भने शून्य अंकमा पुछारमा रह्यो ।

(09:35 AM)

स्विडेनको चौथो गोल

स्विडेनले ट्युनिसियाविरुद्ध चौथो गोल गरेको छ र यो म्याथिस स्भानबर्गको नाममा रह्यो । सुरुमा उनको गोलले मान्यता पाएको थिएन । तर भारको मद्दतले गोलको निर्णय दिइएको हो । यससँगै खेलमा स्विडेन ४–१ ले अगाडि रह्यो ।

(09:23 AM)

मेक्सिकोको ग्वाडालुपेमा जारी स्वीडेन र ट्युनिसिया बीचको विश्वकप फुटबल खेलमा स्वीडेनले ३-१ को अग्रता लिएपछि सेलिब्रेसन गर्ने क्रममा अलेक्ज्याण्डर बर्नहार्डसन, बेन्जामिन निग्रेन, अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेस। तस्बिर : एपी

Happy goal

(09:08 AM)

स्विडेनलाई फेरि दुई गोलको अग्रता

स्विडेनले ट्युनेसियाविरुद्ध ५९ औं मिनेटमा फेरि दुई गोलको अग्रता लिएको छ । ट्युनेसियाको रक्षापंक्तिको कमजोरीमा भिक्टर ग्योकेरेसले सजिलै गोल गरेका हुन् । अलेक्जान्डर इसाकको पासमा उनले गोल गरेका हुन् । यससँगै स्विडेन खेलमा ३–१ ले अगाडि रहेको छ ।

(08:30 AM)

ट्युनिसियाको पहिलो गोल

स्वीडेनसँग दुई गोलले पछि परिरहेको ट्युनिसियाले खेलको ४३ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा फर्कने प्रयास गरेको छ । ट्युनिसियाका लागि डिफेन्डर ओमार रेकिकले गोल गरेका हुन् ।

(08:28 AM)

पहिलो पटक प्रतिष्पर्धामा

समूह ‘एफ’ अन्तर्गतको दोस्रो खेलमा स्वीडेन र ट्युनिसिया आपसमा प्रतिष्पधा गरिरहेका छन् । औपचारिकरूपमा पहिलो पटक खेलिरहेका यी दुई टीम यसअघि चार पटक फ्रेन्ड्ली म्याचमा भिड्ने क्रममा स्वीडेनले दुई पटक जीत निकालेको छ भने ट्युनिसियाले पनि एक खेल जित्दै अर्कोमा बराबरी गरेको थियो । फिफा वरियतामा स्वीडेन ३८ औं स्थानमा छ भने ट्युनिसिया ४५ औं स्थानमा छ ।

First time competing

(08:16 AM)

स्वीडेनको दोस्रो गोल

समूह ‘एफ’ अन्तर्गत ट्युनिसियासँग भिडिरहेको स्वीडेनले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको छ । स्वीडेनका लागि अलेक्जेन्डर इसाकले खेलको ३० औं मिनेटमा गोल गरेका हुन् । लिभरपुल खेलाडीले एक्लै बल अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् । 

Sweden's second goal

(07:57 AM)

स्वीडेनको पहिलो गोल

ट्युनिसासँग जारी खेलमा स्वीडेनले खेलको ७ औं मिनेटमा गोल गर्दै अग्रता लिएको छ । स्वीडेनका लागि पहिलो गोल यासिन अयारीले गरेका हुन् । गोलपछि उनले खुसीयाली भने मनाउन चाहेनन् । उनी ट्युनेसियाली मूलकै हुन् ।

Sweden's first goal

इकान्तिपुर

Link copied successfully