Live

नेदरल्यान्ड्स भर्सेस जापान

नेदरल्यान्ड्स फिफा वरीयताको आठौँ स्थानमा छ भने जापान १८औँ स्थानमा रहेको छ । एउटा युरोपको पावरहाउस हो भने अर्को एसियाको बादशाह ।

असार १, २०८३

कान्तिपुर संवाददाता

Netherlands vs. Japan

10 Updates

(03:43 AM)

नेदरल्यान्ड्स र जापानबीचको खेल बराबरीमा टुंगियो

नेदरल्यान्ड्स र जापानबीच अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा भएको खेल २–२ को बराबरीमा टुंगिएको छ ।

The match between the Netherlands and Japan ended in a draw.

(03:36 AM)

जापानले गर्‍यो बराबरी गोल

दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल २–२ को बराबरीमा ल्याएको छ ।

Japan scored the equalizer.

(03:12 AM)

डच टोलीको पुनः अग्रता

क्रिसिएनसिओ समरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुन: अग्रता दिलएका छन् । 

Dutch team regains lead

(03:05 AM)

६ मिनेटमै फर्कायो जापानले गोल

जापानले ६ मिनेटपछि नै खेल बराबरीमा ल्याएको छ । ५७ औं मिनेटमा नाकामुराले जापानका लागि बराबरी गोल गरेका हुन् ।

Japan scored within 6 minutes

(02:58 AM)

नेदरल्यान्ड्सका लागि भर्जिल भान डाइकले गरे गोल

भर्जिल भान डाइकको हेड गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लिएको छ ।

Virgil van Dijk scores for the Netherlands

(02:40 AM)

विश्वकपमा नेदरल्यान्ड्स र जापानको यो दोस्रो भेट

विश्वकपमा यी २ टोलीको यो दोस्रो भेट हो । यसअघि सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्स र जापान भिडेका थिए । त्यस खेलमा  नेदरल्यान्ड्सले जापानलाई १–० ले पराजित गरेको थियो । 

This is the second meeting between the Netherlands and Japan in the World Cup.

(02:38 AM)

पहिलो हाफ गोलरहित बराबरीमा

नेदरल्यान्ड्स र जापानबीचको खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको छ । करिब ९४ हजार दर्शक क्षमताको स्टेडियममा डच टोलीको नियन्त्रित खेल शैली र जापानको फास्ट ‘ट्रान्जिसन’ फुटबलबीचको यो भिडन्त निकै प्रतिस्पर्धात्मक देखिएको छ ।

The first half ended goalless.

(01:48 AM)

जापान सन् १९९८ यता निरन्तर विश्वकप खेल्दै

जापानले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो, त्यसयता टोलीले सबै विश्वकप खेल्दै आएको छ ।

Japan has been playing in the World Cup continuously since 1998.

(01:47 AM)

चोटबाट मुक्त हुन नसकेपछि संन्यास लिएका थिए जापानी कप्तानले

चोटबाट मुक्त हुन नसकेपछि जापानका कप्तान वाटारु इन्दोले विश्वकप सुरु हुन ठीकअगाडि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए ।

(01:45 AM)

नेदरल्यान्ड्स तीन पटक विश्वकपको फाइनलमा तर सधैं जितविहीन

नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पटक विश्वकपको फाइनल खेलेको छ, तर कहिल्यै जित्न सकेको छैन ।

The Netherlands have reached the World Cup final three times but have always been winless.

कान्तिपुर

Link copied successfully