Live

इक्वेडर भर्सेस आइभरी कोस्ट

यो खेल आफ्नो समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन दुवै टोलीका लागि निर्णायक मानिएको छ ।

असार १, २०८३

कान्तिपुर संवाददाता

Ecuador vs. Ivory Coast

3 Updates

(06:55 AM)

आइभरीकोस्टलाई तीन बहुमूल्य अंक

आइभरीकोस्टले विश्वकप २०२६ को समूह 'ई' को खेलमा सोमबार इक्वडेरलाई १–० ले पराजित गरेको छ र तीन बहुमूल्य अंक बटुलेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका अमाद डियालोले ९० औं मिनेटमा गोल गरेका हुन् । यससँगै आइभरीकोस्ट समूहको दोस्रो स्थानमा रह्यो । यो समूहमा जर्मनी तीन अंकमा शीर्षमा छ । इक्वेडर र कुराकाउ भने शून्य अंकमा रहे । जर्मनीले यसअघि भएको खेलमा कुराकाउलाई ठ अन्तरले पराजित गरेको थियो । रक्षापंक्तिमा जोड दिने दुवै टिमले खेलको अधिकास समय संयमित भएर खेलेका थिए । पहिलो हाफमा इक्वडेरका दुई प्रहार पोस्टमा लागेको थियो । आइभरीकोस्टको जितले जर्मनीसँगै अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ ।

Three valuable points for Ivory Coast

(06:44 AM)

आइभरीकोस्टलाई अग्रता

अमाद डियालोको गोल मदतले आइभरीकोस्टले विश्वकप २०२६ को समूह ई को खेलमा इक्वेडरविरुद्ध अग्रता लिएको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला सब्टिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका डियालोले ९० औं मिनेटमा गोल गरेका हुन् ।

(05:39 AM)

आइभरीकोस्ट र इक्वेडरबीचको पहिलो हाफ गोलरहित बराबरीमा

विश्वकप २०२६ को सोमबार समूह ई को खेलमा आइभरीकोस्ट तथा इक्वडेरबीचको खेल चलिरहेको छ र त्यसको पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको छ । फिलिडेल्फियामा भइरहेको खेलमा इक्वडेरका दुई प्रहार पोस्ट लागेर फर्केको छ । यस्तोमा भाग्य दक्षिण अमेरिकी टिमको पक्षमा रहेको देखिएन् । यही समूहको पहिलो खेलमा जर्मनीले कुराकाउलाई सजिलै ७–१ ले पराजित गरेको थियो ।

कान्तिपुर

Link copied successfully