इंग्ल्यान्ड टोली स्वोप सकर भिलेज बेसमा उपकरण लैजाने बहानामा तोडफोड भएपछि बल र जुत्तालगायतका सामान चोरी भएको छ ।
कान्सास सिटी — प्रशिक्षणस्थलमा पुग्नुअघि विभिन्न उपकरण र खेल सामग्री चोरी भएपछि इंग्ल्यान्डको विश्वकप तयारी प्रभावित हुन पुगेको छ ।
बीबीसीका अनुसार इंग्ल्यान्ड टोली स्वोप सकर भिलेज बेसमा उपकरण लैजाने बहानामा तोडफोड भएपछि बल र जुत्तालगायतका सामान चोरी भएको छ ।
फुटबल एसोसिएसन (एफए) ले ब्रिटिस प्रेस एसोसिएसनलाई केही घटना भएको पुष्टि गरे पनि थप बताउन चाहेन ।
एफएले अब यो प्रहरीको विषय भएको जनाएको छ । इंग्ल्यान्डले बुधबार क्रोएसियासँग खेलेर विश्वकप यात्रा प्रारम्भ गर्नेछ ।
