फिफा विश्वकप २०२६ अन्तर्गत अहिले हाइटी र स्कटल्यान्डबीचकाे खेल जारी छ ।
3 Updates
स्कटल्यान्डले विश्वकप २०२६ मा आइतबार हाइटीलाई १–० ले पराजित गरेको छ र यससँगै समूह सी को शीर्ष स्थानमा उक्लेको छ । यो जितले स्कटल्यान्डको तीन अंक भएको छ । यसै समूहमा ब्राजिल र मोरक्कोको एक एक अंक छ । यसअघिको खेलमा ब्राजिल तथा मोरक्कोले बराबरी खेलेका थिए । बोस्टन स्टेडियममा प्राप्त जितले स्कटल्यान्डको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ । खेलको एक मात्र गोल जोन म्याकगिननले ड्रिंक्स ब्रेक लगतै २८ औं मिनेटमा गोल गरे । स्कटल्यान्ड विश्वकपमा २८ वर्षयता पहिलो पटक खेलिरहेको छ र त्यसैले म्याकगिननको गोलको ऐतिहासिक महत्त्व रहनेछ । बोस्टन स्टेडियममा भइरहेको खेलको सुरुमा दुवै टिमको आक्रमण निर्णायक रहको थिएन् । स्कटल्यान्डका स्कट म्याक टोमनीले १७ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेको थियो । यसपल्टको विश्वकपमा जित निकाल्ने स्कटल्यान्ड नै पहिलो युरोपेली देश पनि भएको छ ।
स्कटल्यान्डले विश्वकप २०२६ को समूह सी को आइतबार हाइटीविरुद्ध चलिरहेको खेलको पहिलो हाफ समाप्त हुँदा १–० को अग्रता लिएको छ ।
जोन म्याकगिननले बोस्टन स्टेडियम ड्रिंक्स ब्रेक लगतै २८ औं मिनेटमा गोल गरे । स्कटल्यान्ड विश्वकपमा २८ वर्षयता पहिलो पटक खेलिरहेको छ र त्यसैले म्याकगिननको गोलको ऐतिहासिक महत्त्व रहनेछ ।
बोस्टन स्टेडियममा भइरहेको खेलको सुरुमा दुवै टिमको आक्रमण निर्णायक रहको थिएन् । स्कटल्यान्डका स्कट म्याक टोमनीले १७ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेको थियो ।
यो समूहको पहिलो खेलमा ब्राजिल तथा मोरक्कोले बराबरी खेलेका थिए र उनीहरू एक एक अंकमा रहेका छन् ।

