Live

कुराकाओविरूद्ध जर्मनीको सानदार जित

चारपल्टको विश्वकप विजेता जर्मनी अहिले आफ्नो पुरानो प्रतिष्ठा फर्काउने योजनामा छ ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Germany's impressive win against Curacao

12 Updates

(12:44 AM)

कुराकाओविरूद्ध जर्मनीको सानदार जित

कुराकाओविरूद्ध जर्मनीले ७ गोलसहित सानदार जित हासिल गर्न सफल भएको छ ।

(12:39 AM)

जर्मनीका लागि काई हाभेर्ट्जको दोस्रो गोल

काई हाभेर्ट्जले दोस्रो गोल गर्दै जर्मनीलाई ७ गोलको अग्रता दिलाएका हुन् । यसअघि हाभेर्ट्जले इन्जुरी टाइमको तेस्रो मिनेटमा पहिलो गोल गरेका तिए ।

(12:37 AM)

जर्मनीको सातौं गोल

जर्मनी सातौं गोल गर्न सफल भएको छ । काई हाभेर्ट्जले दोस्रो गोल गर्दै जर्मनीलाई ७ गोलको अग्रता दिलाएका हुन् ।

(12:26 AM)

जर्मनीको छैटौं गोल

जर्मनी छैटौं गोल गर्न सफल भएको छ । डेनिज उन्डावले ७८ औं मिनेटमा जर्मनीका लागि छैटौं गोल गरेका हुन् ।

(12:17 AM)

जर्मनीको पाँचौं गोल

जर्मनी पाँचौं गोल गर्न सफल भएको छ । नथनिलयल ब्राउनले ६८ औै मिनेटमा पाँचौ गोल गरुन सफल भएका हुन् ।

(11:55 PM)

जर्मनीको चौथो गोल

जर्मनी हाफ टाइमपछि चौथो गोल गर्न सफल भएको छ । जमाल मुसियालाले ४७ औं मिनेटमा गोल गर्न सफल भएका हुन् ।

(11:44 PM)

पहिलो हाफमा जर्मनीको अग्रता

जर्मनीले पहिलो हाफमा अग्रता बनाएको छ । फेलिक्स एनमेचाले छैटौं मिनेटमै जर्मनीको खाता खोलेका थिए । तर विश्व फुटबललाई आश्चार्यमा पार्दै पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओले २१ औं मिनेटमा लिभानो कोमेन्सिआको गोलमा खेल बराबरीमा ल्याएको थियो । निको स्कोलटरबेकले ३८ औं मिनेटमा कर्नरबाट प्राप्त बलमा हेड गोल गरेका थिए भने काई हाभेर्ट्जले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरी जर्मनीलाई ३–१ अग्रतामा राखेका छन् ।

(11:39 PM)

हाफ-टाइम : जर्मनी ३, कुराकाओ १

हाफ-टाइमअघि जर्मनी ३ गोलको अग्रतामा छ भने कुराकाओ १ गोलमा सीमित रहेको छ ।

(11:25 PM)

जर्मनीको दोस्रो गोल

जर्मनीको दोस्रो गोल गर्न सफल भएको छ । जर्मनीका लागि निको स्कोलटरबेकले दोस्रो गोल गर्न सफल भएका हुन् । स्कोलटरबेकले ३८ औं मिनेटमा कर्नरबाट प्राप्त बलमा हेड गोल गरेका थिए

(11:25 PM)

विश्वकपमा कुराकाओको पहिलो ऐतिहासिक गोल

कुराकाओ विश्वकपमै हालसम्मकै पहिलो गोल गर्न सफल भएको छ । लिभानो ‍कोमेन्सिआले २१ औं मिनेटमा गोल गर्न सफल भएका हुन् ।

(11:08 PM)

कुराकाओको पहिलो गोल

कुराकाओ पहिलो गोल गर्न सफल भएको छ । लिभानो कोमेन्सिआले २१ औं मिनेटमा गोल गर्न सफल भएका हुन् ।

(10:56 PM)

जर्मनीको छेटौं मिनेटमै पहिलो गोल

फेलिक्स मेचाले छैटौं मिनेटमा गोल गरेका हुन् ।

कान्तिपुर

Link copied successfully