अमेरिका ३२ वर्षपछि घरेलु मैदानमा विश्वकपको पहिलो खेल खेल्दै

अमेरिकाका मुख्य प्रशिक्षक माउरिसिओ पोचेटिनोले समूह ‘डी’ बाट अगाडि बढ्न भन्दा पनि माथि जानका लागि आफ्नो टोलीसँग धेरै अपेक्षा राखेको जनाएका छन् ।

जेष्ठ ३०, २०८३

एएफपी

USA to play first World Cup match on home soil in 32 years

लस एन्जल्स — आयोजक अमेरिकाले लस एन्जल्समा पाराग्वेसँग खेलेर विश्वकप २०२६ को यात्रा प्रारम्भ गर्दैछ । अमेरिकाले घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेल्न लागेको हो । अमेरिकाले सन् १९९४ पछि पहिलो पटक विश्वकप आयोजना गर्दैछ ।

एउटा लक्ष्यमा पुग्नलाई लस एन्जल्सको सोफी रंगशालामा शनिबार बिहान पौने ७ बजे हुने खेलमा कुनै गल्ती गर्न नहुने उनीहरूले राम्रोसँग बुझेका छन् । अमेरिकाका मुख्य प्रशिक्षक माउरिसिओ पोचेटिनोले समूह ‘डी’ बाट अगाडि बढ्न भन्दा पनि माथि जानका लागि आफ्नो टोलीसँग धेरै अपेक्षा राखेको जनाएका छन् ।

‘मेरा लागि सफलता भनेको जित्नु हो, पाराग्वेलाई जित्नु र त्यसपछिका खेल पनि जित्नु,’ टोटनहम र चेल्सीका पूर्व प्रशिक्षकले पाराग्वेसँगको खेलअगाडि भने, ‘हामी फाइनल पुगेनौं भने र विश्वकप सफलताको के कुरा गर्ने मलाई थाहा छैन ।’

क्रिस्टिएन पुलिसिकको नेतृत्वमा अमेरिकाले अहिले आफूलाई विश्वको उत्कृष्ट टोली रहेको प्रमाणित गर्ने प्रयास गरिरहेको छ । त्यसमा अमेरिकालाई आफ्नै समर्थकसामु खेल्ने अवसर रहेको छ । पुलिसिकले कुनै पनि टोलीसँग प्रतिस्पर्धा गर्न अमेरिका तयार रहेको जनाए ।

‘हामी एउटा शक्तिशाली टोलीका रूपमा यस प्रतियोगितामा प्रस्तुत हुन चाहन्छौं,’ उनले भने, ‘अमेरिका कस्तो टोली हो भनेर देखाउन हामीसँग ३ वटा राम्रा खेल रहेका छन् । सुन्दर खेल खेल्नमात्र होइन, हामी शक्ति संघर्षका लागि पनि तयार छौं ।’

एएफपी

Link copied successfully