अमेरिकालाई तीन गोलको अग्रता

फ्लोरिन बालोगनको दुई गोलको मदतले अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भइरहेको खेलमा पाराग्वेमाथि शनिबार पहिलो हाफको समााप्तीमा ३–० को अग्रता लिएको छ ।

जेष्ठ ३०, २०८३

कान्तिपुर संवाददाता

USA leads by three goals

काठमाडौँ — फ्लोरिन बालोगनको दुई गोलको मदतले अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भइरहेको खेलमा पाराग्वेमाथि शनिबार पहिलो हाफको समााप्तीमा ३–० को अग्रता लिएको छ । आक्रामक खेल प्रस्तुत गरेको अमेरिका समूह डी को खेलमा बलियो स्थितिमा रहेको छ । रक्षापंक्तिमा बढी जोड दिने पाराग्वे कमजोर देखिएको छ ।

अमेरिकाले बुनेको शृंखलाबद्ध आक्रमण अगाडि पाराग्वे त्यसलाई रोक्नमै ब्यस्त रहेको छ । डामिन बोबाडिलाको आत्मघाती गोलमा सातौं मिनेटमा अग्रता लिएको थियो । अमेरिकाले रचेको आक्रमणमा पाराग्वे दबाबमा आएको थियो र यसैक्रममा बोबाडिलाले बललाई आफ्नै पोस्टको दिशा दिए ।

खेलको ३१ औं मिनेटमा फ्लोरिन बालोगनले दोस्रो गोल गरे । त्यसको ठीक अगाडि उनको प्रहारले पोस्टका दिशा लिएको भएता पनि त्यसलाई अफ साइड मानिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा बालोगन तेस्रो गोल थपे । दक्षिण अमेरिकी टिमले अमेरिकाविरुद्ध उल्लेखनीय आक्रमण रच्न सकेको छैन् ।

कान्तिपुर

Link copied successfully