कतारलाई उच्च प्रदर्शनको दबाब

कतारले सन् २०२२ मा आफ्नै देशमा भएको विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । यसक्रममा कतार लिग चरणका सबै तीनै खेलमा पराजित भयो र एक गोल मात्र गर्न सफल रह्यो ।

जेष्ठ ३०, २०८३

रोयटर्स

Qatar under pressure to perform at a high level

What you should know

सान्टा क्लारा — कतारले यस विश्वकपको आफ्नो पहिलो खेलमा शनिबार स्विट्जरल्यान्डको सामना गर्नेछ । त्यसक्रममा लगातार दुईपल्टको एसियाली च्याम्पियनमाथि राम्रो प्रदर्शनको दबाब हुनेछ ।

कतारले सन् २०२२ मा आफ्नै देशमा भएको विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । यसक्रममा कतार लिग चरणका सबै तीनै खेलमा पराजित भयो र एक गोल मात्र गर्न सफल रह्यो ।

यस्तोमा कतारसामु यसपालि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो वास्तविक योग्यताअनुसार प्रदर्शन गर्नुपर्नेछ । तर यो आफैंमा असाध्यै गाह्रो हुनेछ, किनभने अहिलेका लागि त्यस्तो टिम अगाडि रहेको छ, जो सन् २०२४ यता प्रतिस्पर्धात्मक खेलमा अपराजित छ । युरोमा पनि स्विस टोलीको प्रदर्शन सानदार थियो । टोली अब लगातार छैटौं विश्वकप खेल्दै छ ।

कतारका स्पेनी प्रशिक्षक जुलेन लोपेटगुइ भन्छन्, ‘हामी के स्वीकार्नुपर्छ भने पहिलो खेल नै स्विट्जरल्यान्डविरुद्ध रहेको छ र यो असाध्यै बलियो टिम हो । तर हामीलाई पनि हाम्रो क्षमता थाहा छ । विपक्षी टिम बलियो छ भन्दैमा हामीले आत्मसमर्पण गर्नुपर्छ भन्ने हुन्न । यो त हाम्रा लागि आफ्नो सपना पूरा गर्ने अवसर हो । त्यसका लागि हामीले सक्दो राम्रो खेल्नुपर्नेछ ।’

कतारी टिमका अधिकांश खेलाडी घरेलु लिगकै रहेका छन् । पछिल्लो समय कतारले एसियाली स्तरमा राम्रो गरेको छ, तर यही तथ्य विश्वकपमा लागू हुन अझै समय लाग्न सक्नेछ ।

कतारको समूह ‘बी’ का अन्य प्रतिद्वन्द्वी बोस्निया र आयोजक क्यानडा पनि बलिया छन् । त्यसैले पनि कतारबाट उच्च प्रदर्शन आवश्यक पर्नेछ । टिमका प्रमुख खेलाडी अलमोज अली र दुईपल्टको एसियाली वर्ष खेलाडी अक्रम अफिफ रहनेछन् ।

स्विट्जरल्यान्ड आफैं आत्मविश्वासी रहनेछ र यो स्वाभाविक रहेको छ, किनभन्दा युरोपेली छनोटमा यो टिम एकै पल्ट पनि पराजित रहेन र यसक्रममा दुई गोल मात्रै खाएको थियो । पछिल्लो विश्वकपमा उत्रेको टिम नै अहिलेको स्विस टिम छ भन्दा हुन्छ । विश्वकपमा स्विस टिमको प्रदर्शन लगभग युरोपका अन्य टिम जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्यान्ड र पोर्चुगल जत्तिकै रहेको छ ।

तर यही टिमको प्रत्येकपल्ट क्वाटरफाइनल प्रवेश असम्भव जस्तै छ सात दशकयता नै । अनुमान के गर्न सकिन्छ भने स्विट्जरल्यान्ड यो समूहबाट सजिलै नकआउट चरणमा पुग्नेछ । यस अगाडि प्रशिक्षक मुरात याकिन कतारलाई सजिलो विपक्षी टिम मान्ने पक्षमा छैनन् । उनलाई के लाग्छ भने कतारबारे उनीहरूलाई कमै मात्र जानकारी छ र यो कहिलकाहीं डरलाग्दो टिम हुनसक्छ ।

जस्तो, कतारमै भएको विश्वकपमा अर्जेन्टिनाका लागि साउदी अरेबिया बलियो विपक्षी टिम साबित भएको थियो । उनी भन्छन्, ‘कतार बलियो छ, यसमा शंका गर्नुहुन्न । चार वर्षअगाडि साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको तथ्य बिर्सनुहुन्न । हामीले के पनि राम्रोसँग बुझ्नुपर्छ भने विश्वकप जत्तिको प्रतियोगितामा सबै खाले सम्भावना खुला हुन्छ ।’

रोयटर्स

Link copied successfully