पेलेले जितेको विश्वकप पदक लिलामीमा

पेलेको यो पदक खेलकुद स्मृति विशेषज्ञ बीयूडीडीएसद्वारा बिक्रीमा राखिएका ४ सय ५० वटा विश्वकप सम्बन्धित वस्तुको सूचीको अग्रभागको रूपमा रहेको छ ।

जेष्ठ ३०, २०८३

एएफपी

Pele's World Cup medal up for auction

What you should know

लन्डन — पेलेले सन् १९५८ मा जितेको विश्वकपको विजयी पदक यसै महिना इंग्ल्यान्डमा ६ लाख ७० हजार डलरमा लिलामी हुने अपेक्षा गरिएको छ । ब्राजिलले यो विश्वकप जित्दा महान् खेलाडी पेले टिनएजर थिए ।

पेलेको यो पदक खेलकुद स्मृति विशेषज्ञ बीयूडीडीएसद्वारा बिक्रीमा राखिएका ४ सय ५० वटा विश्वकप सम्बन्धित वस्तुको सूचीको अग्रभागको रूपमा रहेको छ । यी सबै बिक्रीबाट कुल २ करोड पाउन्ड आम्दानी गर्ने अनुमान गरिएको छ ।

न्युयोर्कको सोथेबीमा हुने अर्को एउटा अक्सनमा पेलेले १९५८ को विश्वकप फाइनलमा लगाएको टिसर्ट ६० लाख डलरमा बिक्री हुने अनुमान गरिएको छ । अक्सन २९ जुनदेखि १६ जुलाईसम्म चल्नेछ, यो विश्वकप फाइनलको तीनदिन अगाडि हो । पेलेले १७ वर्षको उमेरमा १९५८ को त्यो फाइनल खेलेका थिए । ब्राजिलले स्विडेनविरुद्ध ५ गोल गर्दा पेलेले २ गोल गरेका थिए ।

त्यसपछि मात्र ब्राजिलले पहिलो विश्वकप जितेको थियो । ‘द किङ’ उपनाममा पाएका पेलेले ब्राजिललाई अर्को दुई पटक विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । ब्राजिलले कुल पाँच पटक विश्वकप जितेको छ । एडसन अरान्टेज डो नासिमेन्टोको नामबाट जन्मिएका पेलेको २०२२ मा ८२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको थियो ।

ब्रिटिस अक्सनमा इंग्ल्यान्डका गोलरक्षक गोर्डोन बङसको टिसर्ट पनि राखिएको छ । उनले सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा पेलेको प्रहार बचाउ गरेको प्रसिद्ध क्षणमा पर्छ । अक्सनमा इंग्ल्यान्डले १९६६ मा विश्वकप जित्दाका सामग्रीहरू पनि छन्, त्यसमा बङसको विजयी पदक र एलन बलको टिसर्ट रहेको छ ।

‘लिलामीमा प्रस्तुत गरिएका विश्वकप सम्झना सामग्रीहरूको सबैभन्दा ठुलो संग्रह हो र ऐतिहासिक महत्वको हिसाबले यससँग तुलना गर्न सकिने धेरै बिक्री कल्पना गर्न गाह्रो छ,’ बीयूडीडीएसका खेलकुद सम्झना सामग्री प्रमुख डेबिड कन्भरीले भनेका छन् ।

एएफपी

Link copied successfully