मोर्डन इन्डियनले एमआईएस कप गर्ने

प्रतियोगिता आउँदो सोमबार (असार १) सुरु भई चार दिनसम्म चल्नेछ । ६ खेलमा हुने प्रतियोगितामा १२ विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीले भाग लिने स्कुलले जनाएको छ ।

जेष्ठ ३०, २०८३

कान्तिपुर संवाददाता

Modern Indians to win MIS Cup

काठमाडौँ — मोर्डन इन्डियन स्कुलले एमआईएस कप २०२६ अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आउँदो सोमबार (असार १) सुरु भई चार दिनसम्म चल्नेछ । ६ खेलमा हुने प्रतियोगितामा १२ विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीले भाग लिने स्कुलले जनाएको छ ।

क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, बास्केटबल र बुद्धिचालका विभिन्न इभेन्टमा भाग लिने छन् ।

१४ वर्षदेखि मोर्डन इन्डियन स्कुलले प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको उद्देश्य विद्यालयबीच अन्तरक्रिया गर्नुका साथै विद्यार्थीलाई प्रतिस्पर्धा र उत्कृष्ट नतिजा हासिल गर्ने मञ्च प्रदान गर्नुभएको स्कुलका प्रिन्सिपल राजु पिटरले जानकारी गराए ।

कान्तिपुर

Link copied successfully