सह–आयोजक अमेरिकाको प्रभावशाली जित

पहिलो हाफको तीन गोलको मदतले सह–आयोजक अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको खेलमा पाराग्वेमाथि शनिबार ४–१ को प्रभावशाली जित दर्ता गरेको छ ।

जेष्ठ ३०, २०८३

हिमेश

Impressive victory for co-host America

काठमाडौँ — पहिलो हाफको तीन गोलको मदतले सह–आयोजक अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको खेलमा पाराग्वेमाथि शनिबार ४–१ को प्रभावशाली जित दर्ता गरेको छ । 

अमेरिकाको यो जितमा फ्लोरिन बालोगनले दुई गोल गरे । यो जितपछि आक्रामक खेल प्रस्तुत गरेको अमेरिका तीन अंकसहित समूह डी को खेलमा बलियो स्थितिमा रह्यो ।

रक्षापंक्तिमा बढी जोड दिने पाराग्वे हारले दबाबमा रहनेछ । पहिलो अमेरिकाले बुनेको शृंखलाबद्ध आक्रमण अगाडि पाराग्वे त्यसलाई रोक्नमै ब्यस्त रहेको थियो । डामिन बोबाडिलाको आत्मघाती गोलमा सातौं मिनेटमा अग्रता लिएको थियो । अमेरिकाले रचेको आक्रमणमा पाराग्वे दबाबमा आएको थियो र यसैक्रममा बोबाडिलाले बललाई आफ्नै पोस्टको दिशा दिए ।

खेलको ३१ औं मिनेटमा फ्लोरिन बालोगनले दोस्रो गोल गरे । त्यसको ठीक अगाडि उनको प्रहारले पोस्टका दिशा लिएको भएता पनि त्यसलाई अफ साइड मानिएको थियो । पहिलो हाफको इन्ज्युरीको पाँचौं मिनेट समयमा बालोगनले तेस्रो गोल थपे । पाराग्वेले दोस्रो हाफको ७३ औं मिनेटमा एक गोल फर्कायो र मउरिसो मागाल्हासको नाममा रह्यो ।

तर यो सान्त्वना गोल भन्दा बढी केही रहेन् र पाराग्वे शून्य अंकमै सीमित रह्यो । पाराग्वेले पहिलो ठोस आक्रमणलाई नै गोलमा परिणत गरेको हो । अमेरिकाले दोस्रो हाफमा आक्रामक खेल दोहराउन सकेन् । तर दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा जियोभानी रेयेनाले अमेरिकाका लागि चौथो गोल गरे । यो समूहमा टर्की र अस्ट्रेलिया पनि रहेका छन् ।

हिमेश

Link copied successfully