घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेकाे सह–आयोजक अमेरिकाले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित दर्ता गरेको छ ।
पहिलो हाफको तीन गोलको मदतले सह–आयोजक अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको खेलमा पाराग्वेमाथि शनिबार ४–१ को प्रभावशाली जित दर्ता गरेको छ ।
अमेरिकाको यो जितमा फ्लोरिन बालोगनले दुई गोल गरे । यो जितपछि आक्रामक खेल प्रस्तुत गरेको अमेरिका तीन अंकसहित समूह डी को खेलमा बलियो स्थितिमा रह्यो ।
फिफा विश्वकपमा जारी अमेरिका र पाराग्वेबीचको खेलमा पाराग्वेले एक गोल फर्काएको छ । दोस्रो हाफको ७३ औं मिनेटमा मउरिसो मागाल्हासले गोल गरेका हुन् । यससँगै खेल अमेरिकाको पक्षमा ३–१ रह्यो । आक्रमण सुरुआत गरेको अमेरिकाले दोस्रो हाफमा त्यस्तै खेल दोहराउन सकेको छैन् । पाराग्वेले पहिलो ठोस आक्रमणलाई नै गोलमा परिणत गरेको हो ।
फ्लोरिन बालोगनको दुई गोलको मदतले अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भइरहेको खेलमा पाराग्वेमाथि शनिबार पहिलो हाफको समााप्तीमा ३–० को अग्रता लिएको छ ।
आक्रामक खेल प्रस्तुत गरेको अमेरिका समूह डी को खेलमा बलियो स्थितिमा रहेको छ । रक्षापंक्तिमा बढी जोड दिने पाराग्वे कमजोर देखिएको छ ।
अमेरिकाले आधा घण्टाको खेल भित्र पाराग्वेमाथि दुई गोलको अग्रता लिएको छ । खेलको ३१ औं मिनेटमा फ्लोरिन बागोगनले दोस्रो गोल गरे ।
त्यसको ठीक अगाडि उनको प्रहारले पोस्टका दिशा लिएको भएता पनि त्यसलाई अफ साइड मानिएको थियो । यससँगै समूह डी को खेलमा अमेरिका बलियो स्थितिमा रहेको छ ।
यसअघि अमेरिकाले डामिन बोबाडिलाको आत्मघाती गोलमा अग्रता लिएको थियो ।

