२० वर्षपछि विश्वकपमा फर्किएको चेक रिपब्लिकसँग कोरिया भिडिरहेको छ ।
चेक गणतन्त्रले विश्वकप २०२६ को समूह ए को खेलमा दक्षिण कोरियाविरुद्ध १–० को अग्रता लिएको छ । उसका लागि खेलको ५९ औं मिनेटमा लाडिस्लाभ क्रेज्चीले गोल गरेका हुन् ।
उनले हेडबाट गोल गरेपछि चेक टिमले खेलमा अप्रत्यासित अग्रता लिएका हुन् । पूरा खेल अवधिमा दक्षिण कोरियाले आक्रमण बुने पनि त्यो सफल रहेको थिएन।
दक्षिण कोरिया र चेक गणतन्त्रबीच विश्वकप २०२६ को शुक्रबार चलिरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको छ । खेलमाथि दक्षिण कोरियाको पूर्ण नियन्त्रण रहे पनि गोल निस्कन सकेको छैन । एसियाली फुटबलको महाशक्ति दक्षिण कोरियाले लगातार आक्रमण बुनेको भएता पनि गोलमा परिणत भने गर्न सकेको छैन । त्यसका विपरित चेक गणतन्त्र भने रक्षात्मक रहेको छ र विपक्षी टिमलाई रोक्नमै ब्यस्त रहेको छ । समूह ए को यसअघिको खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराएको थियो ।
