जितबाहेक अन्य नतिजाले सह–आयोजक रहेको अमेरिकाको अर्को चरण पुग्ने अभियानमा धक्का पुग्न सक्नेछ । समूह ‘डी’ अमेरिका सबैभन्दा उच्च वरीयताको टिम हो, १७ औं स्थानको ।
What you should know
लस एन्जलस — अमेरिकाले विश्वकपमा आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिँदा निश्चित जितको दबाबबाट गुज्रिनुपर्नेछ । अमेरिकाको प्रतिद्वन्द्वी छ, ‘अन्डर डग’ परिचय बनाएको पाराग्वे । जितबाहेक अन्य नतिजाले सह–आयोजक रहेको अमेरिकाको अर्को चरण पुग्ने अभियानमा धक्का पुग्न सक्नेछ । समूह ‘डी’ अमेरिका सबैभन्दा उच्च वरीयताको टिम हो, १७ औं स्थानको ।
अर्कोतर्फ पाराग्वे भने ४१ औं स्थानमा छ । अस्ट्रेलिया र टर्कीसम्मिलित पनि यस समूहमा पाराग्वे नै सबैभन्दा तल्लो वरीयताको टिम हो । त्यसमाथि यसपल्टको विश्वकपमा सहभागी संख्या ४८ रहेको आधारमा यो त्यसै पनि कमजोर टिमको परिचय बनाएर बसेको छ । तर धेरै फुटबल पण्डित के मान्छन् भने पाराग्वेली टिम आफैंमा बलियो छ । अहिलेका लागि अमेरिका लगातार दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध लयमा छ ।
पाराग्वेविरुद्धका पछिल्ला तीन खेलमा अमेरिका विजयी छ । त्यसमध्ये पछिल्लो जित २–१ को रहेको थियो । एउटा ठूलै संयोग के पनि रहेको छ भने यी दुई टिमबीच सन् १९३० को विश्वकपमा पनि एकअर्काविरुद्ध खेलेका थिए । त्यसमा अमेरिका नै विजयी थियो । अमेरिकाको आक्रमण पनि आफैंमा बलियो छ । यो वेस्टन म्याककेनी, क्रिस्टियन पुलिसिच र फ्लोरिन बोलोगनमा निर्भर छ ।
आयोजकका रूपमा अमेरिकाले छनोट नै खेल्नुपरेको थिएन, तर त्यसको ठीक विपरीत पाराग्वेले असाध्यै कठिन दक्षिण अमेरिकी छनोट खेलेको थियो । छैटौं स्थानमा रहेर पाराग्वे विश्वकपका लागि स्वतः छनोट भएको थियो । सन् २०१० विश्वकपमा अन्तिम पटक खेलेको पाराग्वेले त्यतिबेला क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो । त्यहाँ च्याम्पियन बनेको स्पेनसँग पराजित भएको थियो ।
अमेरिकी टिमको चरित्रको ठीक विपरीत पाराग्वेको बलियो पक्ष भनेकै रक्षापंक्ति हो । त्यसैले यो खेल धेरै अर्थमा अमेरिकाको आक्रमण र त्यसविरुद्ध पाराग्वेको प्रतिरोध हुनेछ । छनोटमा पाराग्वेले १८ खेलमा १४ गोलमात्र गरेको थियो । यसले यो टिम कस्तो हो, स्पष्ट पार्छ । यस्तोमा टिमका मुख्य खेलाडी हुनेछन्, मिडफिल्डका डिएगो गोमेज । उनले नै गोलका लागि अवसर सिर्जना गर्नुपर्ने हुन्छ ।
प्लेयर्स टु वाच
जियो रेना (अमेरिका)
जियो रेना जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचबाट खेल्छन् । तर जनवरीयता २३ वर्षे उनले बुन्डेसलिगामा ६ खेलमात्र खेलेका छन्, त्यो पनि सबै वैकल्पिक खेलाडीका रूपमा । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोको अमेरिकी टोलीमा प्राविधिक पक्षले भरपूर आक्रामक खेलाडी उपलब्ध छन् ।
रेनाकी आमा डानिली पनि अमेरिकाकी पूर्व खेलाडी हुन् । न्युयोर्क एकेडेमीबाट उत्पादित उनी जर्मन टोली बोरुसिया डर्टमन्ड पुगे, जहाँ उनी जर्मन कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । त्यसपछि उनी मोन्चेनग्लाडवाच लागेका थिए ।
२०२२ को विश्वकपको दोहा संस्करणमा उत्रिँदा रेना अमेरिकाको दोस्रो कम उमेरका खेलाडी बनेका थिए । तर तत्कालीन प्रशिक्षक ग्रेग बेर्हाल्टरसँग वादविवाद गर्दा उनलाई झण्डै कतारबाट घर फर्काइएको थियो । त्यसयता उनले आफू परिपक्व खेलाडी बनेको जनाउँदै भनेका छन्, ‘म आफ्नो टिमलाई जिताउन गोल गर्न चाहान्छु ।’ २०२० मा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेयता रेनाले अमेरिकाबाट ३८ खेलमा ९ गोल गरेका छन् ।
विश्वकप २०२६ को विस्तृत समाचारका लागि स्क्यान गर्नुहोस् ।
