इंग्ल्यान्ड र पोर्चुगल विजयी

इंग्ल्यान्डले विश्वकप २०२६ अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार कोस्टारिकालाई सजिलै ३–० ले हराएको छ ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

England and Portugal win

काठमाडौँ — इंग्ल्यान्डले विश्वकप २०२६ अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार कोस्टारिकालाई सजिलै ३–० ले हराएको छ । फ्लोरिडामा भएको खेल वर्षा र चट्याङका कारण एक घण्टा ढिला सुरु भएको थियो ।

थोमस टुचेलको टिमका लागि डेक्लेन राइस, एन्थोनी गोर्डन र ओली वाट्किसन्सले गोल गरे । इंग्ल्यान्ड विश्वकपको समूह ‘एल’ मा रहेको छ । यो समूहका अन्य टिममा क्रोएसिया, घाना र पानामा रहेका छन् ।

यस्तै बुधबारकै अर्को मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई २–१ ले पराजित गर्‍यो । त्यसमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेकाओले गोल गरे । नाइजेरियका लागि एकोर एडन्सले एक गोल फर्काए ।

पोर्चुगल विश्वकपको समूह ‘एफ’ मा रहेको छ । त्यसमा कंगो, उज्वेकिस्तान र कोलम्बिया पनि रहेका छन् ।

कान्तिपुर

Link copied successfully