युवा ह्यान्डबल टोली बंगलादेशतिर

आईएचएफ यू–२० र यू–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा भाग लिन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश गएको छ । प्रतियोगिता १०–१४ जुनसम्म हुनेछ ।

जेष्ठ २६, २०८३

कान्तिपुर संवाददाता

Youth handball team heads to Bangladesh

काठमाडौँ — आईएचएफ यू–२० र यू–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा भाग लिन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश गएको छ । प्रतियोगिता १०–१४ जुनसम्म हुनेछ ।

यू–२० मा रोशन विक, हविन छन्त्याल, विश्वास गायक, सुदीप घले, केभिन गुरुङ, नीरज गुरुङ, रितिक परियार, सुन्दर फगामी, निशान पुन, विकल पुन, मिसन पुन, रिजन श्रेष्ठ, सोनिस तामाङ र विवेक थापाले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा दिनेश श्रेष्ठ छन् ।

यू–१८ उमेर समूहका खेलाडीमा अनिश विक, अल्विन गुरुङ, सुजल गुरुङ, दिव्य गुरुङ, सुविन पुन, शीतल गुरुङ, निशान गुरुङ, आदिश फगामी, प्रज्ज्वल पौडेल, संस्कार पुन, कुशल पुन, सुमित पुन, अनमोल श्रेष्ठ र सुशान थापा छन् । प्रशिक्षकमा विशाल बस्नेत र अफिसियलमा कृष्ण चोङवाङ छन् ।

कान्तिपुर

Link copied successfully