१०–१५ जुनसम्म हुने थ्री बाई थ्रीको बास्केटबल प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँ — आठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली बास्केटबल टोली मंगलबार चीन गएको छ ।
१०–१५ जुनसम्म हुने थ्री बाई थ्रीको बास्केटबल प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।
उक्त प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रूपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहराले जनाए ।
