लुम्बिनी प्रदेश वादोरियो करातेमा च्याम्पियन

प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसहित कोशी प्रदेश दोस्रो तथा ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित मधेश प्रदेश तेस्रो स्थानमा रहे ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Lumbini Province Wadorio Karate Champion

काठमाडौँ — लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जित्दै पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको ट्रफी जितेको छ ।

प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसहित कोशी प्रदेश दोस्रो तथा ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित मधेश प्रदेश तेस्रो स्थानमा रहे । व्यक्तिगत पुरुषतर्फ उत्कृष्ट खेलाडी कोशी प्रदेशका अंकित लिम्बूले प्राप्त गरे । उनले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

Lumbini Province Wadorio Karate Champion

महिलामा उत्कृष्ट खेलाडी मधेशकी अनु मोक्तानले जितिन् । उनले ५० केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, गोजुरियो करातेका अध्यक्ष गणेश कार्की, एनओसीका सचिव राम श्रेष्ठ, वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा देशभरका ७ वटा प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थियो ।  

कान्तिपुर

Link copied successfully