कृष्ण र अञ्जुलाई दौडको उपाधि

कृष्णले १९ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै सफलता हात पारेका हुन् । रमेश सिंह २० मिनेट ३२ सेकेन्डसाथ दोस्रो र रावल तिनवा २० मिनेट ३६ सेकेन्डसहित तेस्रो भए ।

जेष्ठ २३, २०८३

कान्तिपुर संवाददाता

Krishna and Anju win the race title

काठमाडौँ — पाँचौं काठमाडौं महानगरपालिका–४ स्तरीय दौड प्रतियोगिताको उपाधि कृष्ण राई र अञ्जु बुढाले जितेका  छन् । शनिबार ५ किमि दौडमा कृष्णले पुरुष र अञ्जुले महिलातर्फ उपाधि जिते ।

कृष्णले १९ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै सफलता हात पारेका हुन् । रमेश सिंह २० मिनेट ३२ सेकेन्डसाथ दोस्रो र रावल तिनवा २० मिनेट ३६ सेकेन्डसहित तेस्रो भए ।

अञ्जुले २१ मिनेटमा दुरी पूरा गर्दै विजेता बन्दा गोमा राई २१ मिनेट २७ सेकेन्डसहित दोस्रो भइन् भने जानकी श्रेष्ठले ३८ मिनेट ५ सेकेन्डसाथ तेस्रो स्थान हासिल गरिन् ।

३ किमि छात्रतर्फ धुम्रबराह माविका सुमन तामाङ (११ मिनेट २० सेकेन्ड) पहिलो, बाँसबारी माविका राजेश शाही दोस्रो र सलमान शेख तेस्रो भए । छात्रातर्फ न्युटन स्कुलका अनिता बुढा (१४ मिनेट ४२ सेकेन्ड) पहिलो, बाँसबारी माविका महिमा राई दोस्रो र स्मृति महतरा तेस्रो स्थानमा रहे ।

३ किमि भेट्रान (५५ वर्षमाथि) ६१ वर्षीय रविनजंग थापा (१४ मिनेट ६ सेकेन्ड) पहिलो भए । नीरज पौडेल दोस्रो र मिलन ढकाल तेस्रो भए । महिलातर्फ ५९ वर्षीया शान्ता गौतम (२० मिनेट ५७ सेकेन्ड) पहिलो भइन् । ६५ वर्षीया तिलादेवी खनाल र ६७ वर्षीया लक्ष्मी लम्साल दोस्रो र तेस्रोमा रहे । 

कुल १ लाख ८ हजार पुरस्कार प्रदान गरिएको कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले जनाए । 

कान्तिपुर

Link copied successfully