आर्मीलाई महिला हक्की उपाधि

गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोस्रो र मधेश प्रदेश तेस्रो भए ।

जेष्ठ २३, २०८३

कान्तिपुर संवाददाता

Army wins women's hockey title

काठमाडौँ — नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि जितेको छ ।

गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोस्रो र मधेश प्रदेश तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरे ।

आर्मीकी सविना केसी उत्कृष्ट खेलाडी घोषित भइन् । मधेश प्रदेशकी लक्ष्मीनिया दास उदीयमान खेलाडी चुनिइन् ।

कान्तिपुर

Link copied successfully