कलेज भलिबलमा एन्जल्स हार्ट विजयी

लिग कम नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् ।

जेष्ठ २३, २०८३

कान्तिपुर संवाददाता

Angels Heart wins in college volleyball

काठमाडौँ — आयोजक एन्जल्स हार्ट माविले दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय/कलेजस्तरीय भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।

एन्जल्स स्पोर्टस् एकेडेमीमा भएको खेलमा एन्जल्स हार्टले गीताञ्जलीलाई २५–११, २५–१५ को सोझो सेटमा पराजित गर्‍यो ।

हिमरश्मिले नेपाल राष्ट्रिय मावि नेपालटारलाई २५–२२, २५–१७ ले, कल्याण माविले प्रारम्भलाई २५–१४, २५–१६ ले, एन्जल्स हार्ट नेसनल स्कुलले न्युटन ‘बी’ लाई २८–२६, १७–२५, १६–१४ ले, लालीगुराँस नेसनल एकेडेमीले प्रारम्भलाई २५–२३, २५–२१, ग्रिनफिल्डले पाटन हाइस्कुललाई २५–१२, २५–१७ ले र हिमरश्मिले चाणक्यलाई २५–१९, २५–२२ को सेटले हराए ।

प्रतियोगिताको तार्केश्वर नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटी आर्यालले उद्घाटन गरिन्  ।

लिग कम नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, स्पाइकर, लिपटर, सर्भर, ब्लकर र डिफेन्डरलाई पुरस्कृत गरिने छ ।

कान्तिपुर

Link copied successfully