मार्वलसले नवोदितलाई ५१–४१ स्कोरले पराजित गर्यो । मार्वलसका सनिप शाही र रोशन कुशवाहाले १८–१८ स्कोरको योगदान गरे । सुशील गिरीको २६ स्कोरमा गोल्डेनपिकले न्युटनलाई ६८–६० ले हरायो ।
काठमाडौँ — मार्वलस र गोल्डेनपिक दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा पुगेका छन् ।
मार्वलसले नवोदितलाई ५१–४१ स्कोरले पराजित गर्यो । मार्वलसका सनिप शाही र रोशन कुशवाहाले १८–१८ स्कोरको योगदान गरे । सुशील गिरीको २६ स्कोरमा गोल्डेनपिकले न्युटनलाई ६८–६० ले हरायो ।
तेजस्वी एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको गर्ल्समा भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (ईबीए) ले उपाधि भिडन्त पक्का गरे । भ्यालीले फेरिल्यान्डलाई २३–१४ स्कोरले हरायो । भ्यालीकी सोनीमाया तामाङले ९ स्कोर गरिन् । ईबीएले काठमाडौं विद्याकुञ्जलाई २२–१८ ले हरायो । ईबीएकी मेनुका मगरले १२ स्कोर जोडिन् । फाइनल आइतबार हुनेछ ।