इराओला लिभरपुलका नयाँ व्यवस्थापक

आर्ने स्लटलाई बर्खास्त गरेपछि इराओलासँग दुई वर्षको अनुबन्ध गरिएको छ ।

जेष्ठ २२, २०८३

कान्तिपुर संवाददाता

Iraola is Liverpool's new manager

काठमाडौँ — लिभरपुलले बिहीबार आफ्नो नयाँ व्यवस्थापकमा स्पेनका एन्डोनी इराओला नियुक्त गरेको छ । आर्ने स्लटलाई बर्खास्त गरेपछि इराओलासँग दुई वर्षको अनुबन्ध गरिएको छ ।

पछिल्लो शनिबार मात्रै लिभरपुलले स्लटलाई वर्खास्त गरेको थियो । उनको नेतृत्वमा पहिलो सिजन लिभरपुलले इंग्लिस प्रिमियर लिग उपाधि जितेपनि यसपल्ट त्यस उपाधिको रक्षा गर्न सकेको थिएन् ।

इराओला आएपछि अब लिभरपुलले योर्गन क्लोप समयको जस्तो आक्रमण फुटबल खेल्ने विश्वास गरिएको छ । उनकै नेतृत्वमा यस सिजन बर्नमाउथले लिगमा उत्कृष्ट प्रदर्शन गरेर छैटौं स्थानमा रहेको थियो ।

त्यस अगाडि उनी रायो भालेकानोमा थिए । खेलाडीका रूपमा उनले आफ्नो अधिकांस समय एथलेटिको बिलबाओमा बिताएका थिए ।

कान्तिपुर

Link copied successfully