फ्रेन्च ओपन २०२६ : फाइनलमा चवलिन्स्का र आन्द्रेभा भिड्दै

उनी प्रतियोगिताको १ सय १४ वर्ष लामो इतिहासमा फाइनल पुग्ने पहिलो क्वालिफायर पनि भएकी छिन् ।

जेष्ठ २२, २०८३

कान्तिपुर संवाददाता

French Open 2026: Chavlinski and Andreeva to meet in the final

काठमाडौँ — माजा चवलिन्स्काले नयाँ इतिहास बनाउँदै बिहीबार फ्रेन्च ओपन २०२६ को फाइनल यात्रा तय गरेकी छिन् । उनी प्रतियोगिताको १ सय १४ वर्ष लामो इतिहासमा फाइनल पुग्ने पहिलो क्वालिफायर पनि भएकी छिन् ।

उनको वरीयता १ सय १४ रहेको छ । उपाधिको भिडन्तमा उनको सामना अब मिरा आन्द्रेभासँग हुनेछ । यसका लागि पोल्यान्डकी चवलिन्स्काले डायना स्नाइडरलाई ७–६ र ६–४ ले पराजित गरिन् ।

त्यस अगाडि रुसकी १९ वर्षीया खेलाडी आन्द्रेभाले मार्टा क्यास्ट्युकलाई ६–१ र ६–३ ले हराएकी थिइन् । उनी पनि आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लामको फाइनल पुगेकी हुन् । फाइनल शनिबार हुनेछ ।

कान्तिपुर

Link copied successfully