साफ वुमेन्स च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र बंगलादेश बराबरी

नेपालले गीता रानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

जेष्ठ २०, २०८३

हिमेश

SAFF Women's Championship: Nepal and Bangladesh draw in the first half

गोवा (भारत) — नेपाल र बंगलादेशबीच चलिरहेको साफ वुमेन्स च्याम्पियनसिप २०२६ को सेमिफाइनलको पहिलो हाफ १–१ को बराबरीमा टुंगेको छ । नेपालले गीता रानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा गीताले २३ औं मिनेटमा गोल गरेकी हुन् । दीपा शाहीको कर्नरमा बंगलादेशी डिफेन्सले क्लियर गर्न नसकेको बललाई गीताले पोस्टको दिशा दिएकी हुन् ।

खेलको ३६ औं मिनेटमा प्रीति राईको प्रहार पोस्टमा लागेर फर्केपछि नेपाल थप अग्रता लिन चुकेको हो । यस्तै ४२ औं मिनेटमा रेखा पौडेलको हेड पोस्टको केही दूरीबाट बाहिरिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा रितु पोर्ना चक्माले बंगलादेशका लागि बराबरी गोल फर्काइन् ।

हिमेश

Link copied successfully